कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ऋषभलाई टोलीमा बोलावट

एएफपी

नटिङघम — चोटग्रस्त शिखर धवनको विकल्पको रूपमा भारतीय टोलीमा ऋषभ पन्तको आगमन सम्भावना बढेको छ । उनलाई धवनको स्थान लिनलाई तयार रहन भनिएको टिम प्रमुखले प्रस्ट पारेका छन् । आइतबार अस्ट्रेलियाविरुद्ध ३६ रनको जित पाएको खेलका क्रममा औंलामा चोट लागेका धवनको विश्वकपका बाँकी खेल खेल्न नसक्ने सम्भावना बढेको छ । 

ऋषभलाई टोलीमा बोलावट

बायाँहाते ओपनिङ ब्याट्सम्यानलाई चिकित्सकीय निगरानीमा राखिएको छ । पन्तलाई इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप टोलीका लागि तयार रहन भनिएको छ । भारतीय सहायक प्रशिक्षक सञ्जय बैंगरले ट्रेन्ट ब्रिजमा बिहीबार न्युजिल्यान्डविरुद्ध हुने खेलअघि संवाददातासँग भने, ‘हामीले धवनको चोटको मात्रा कुरिरहेका छौं । उनी रहने वा नरहने भन्ने बारे प्रस्ट हुन १० देखि १२ दिन कुर्नुपर्छ ।’

‘धवनजस्ता अनमोल खेलाडीलाई हामी गुमाउन चाहन्नौं,’ बैंगरले भने, ‘यदि प्रतिस्थापन गर्न आवश्यक पर्‍यो भने तयारी अवस्थामा राखिएका खेलाडीलाई अभ्याससत्रमा समेट्नु हितकर हुनेछ ।’


ऋषभ १५ सदस्यीय भारतीय टोलीमा समावेश नभएकोमा छनोटकर्ताप्रति आलोचना बढेको थियो । भारतीय टोलीका मिडिया म्यानेजरका अनुसार आइतबार हुने चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध म्यानचेस्टरमा हुने खेलअघि पन्त भारतीय टोलीमा सामेल हुनेछन् ।


२१ वर्षीेय विष्फोटक ब्याट्सम्यान/विकेटकिपर पन्तले गत वर्ष इंग्ल्यान्डविरुद्धको टेस्ट शृंखलामा भारतीय टोलीका लागि डेब्यू गर्दै पहिलो खेलमै शतक बनाएका थिए । यसै वर्ष सिड्नीमा अस्ट्रेलियाविरुद्ध नटआउट १ सय ५९ रनको सानदार इनिङ्स खेलेपछि पन्तलाई भारतीय टोलीमा महेन्द्रसिंह धोनीको उत्तराधिकारीका रूपमा समावेश गर्न गृहकार्य सुरु भएको थियो ।


भारतको लगातार दोस्रो जितका लागि धवनले अस्ट्रेलियाविरुद्ध १ सय १७ रनको शतकीय इनिङ्स खेलेका थिए । ब्याटिङका क्रममा प्याट कमिन्सको बाउन्सर बलले हातमा लागेपछि उनी चोटग्रस्त बनेका हुन् । चोट खेपेरै उनले करिअरको १७ औं शतक पूरा गरेका थिए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?