कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशी प्रशिक्षकको आक्रोश

एएफपी

ब्रिस्टल — बंगलादेशी प्रशिक्षक स्टिभ रोड्सले यदि मानिस चन्द्रमा पुग्न सक्छ भने अहिले चलिहेको विश्वकपमा मात्र किन रिजर्भ डे राख्न नसकेको हो भनेर आक्रोश पोखेका छन् । बंगलादेश र श्रीलंकाबीच वर्षाले खेल सम्भव नभएपछि उनले बुधबार गुनासो पोखेका हुन् । सन् १९९२ र २००३ मा वर्षाले २–२ खेल सम्भव भएको थिएन ।

यसपल्टको विश्वकपले भने त्यसलाई उछिनेको छ । वर्षाले विथोलिएको खेलसंख्या ३ पुगेको छ । ब्रिस्टलमै यसअघि श्रीलंका र पाकिस्तानबीचको खेल पनि पूरा हुन सकेको थिएन । यस्तै दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच साउह्याम्पटनमा भएको खेल पनि ७.३ ओभरमात्र चलेको थियो ।


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले दुवै सेमिफाइनल र लर्ड्समा हुने जुलाई १४ को फाइनलका लागि रिभर्ज डे राखिएको छ । लिग चरणका खेलमा यस्तो व्यवस्था छैन । यसले अन्तिम चारमा प्रवेश गर्ने टिमको समीकरणमा गम्भीर धक्का पुग्न सक्नेछ । इंग्लिस टिमका पूर्व विकेटकिपर रोड्सले विश्वकपको राउन्ड रोबिन चरणमा पनि रिभर्ज डे चाहिने बताए ।


उनले भने, ‘यही कसैलाई इंग्ल्यान्डको मौसमबारे थाहा छ भने भन्न सकिन्छ, यहाँ पानी धेरै पर्छ । वर्षाले यसरी लगातार केही खेल हुन छाड्यो भने आयोजक पक्कै पनि ठूलो संकटमा पर्नेछ ।’ प्रतियोगिता कुल ४६ दिन चल्नेछ । सबै गरेर ४८ खेल हुनेछ । अब जुन १४ को खेलमा बंगलादेशले वेस्ट इन्डिजको सामना गर्नेछ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?