१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलिया शीर्षमा

एएफपी

लन्डन — अस्ट्रेलियाले विश्वकप क्रिकेटमा शनिबार श्रीलंकालाई ८७ रनले पराजित गरेको छ । ५ खेलमा चौथो विजय हात पारेपछि पाँच पटकको विजेता अस्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कप्तान आरोन फिन्चको १ सय ५३ रनमा अस्ट्रेलियाले ३३४–७ को स्कोर बनायो । श्रीलंका ४५.५ ओभरमा २ सय ४७ रनमा अलआउट भयो । 

अस्ट्रेलिया शीर्षमा

डिमुथ करुणारत्ने र कुशल पेरेराले पहिलो विकेटमा १ सय १५ रन जोडदै राम्रो सुरुआत गरे पनि श्रीलंकाले त्यसको फाइदा उठाउन सकेन । पेरेरा ५२ र करुणारत्ने ९७ रनमा आउट भएपछि खेल अस्ट्रेलियाको पक्षमा मोडिएको थियो । श्रीलंकाले पछिल्लो ७ विकेट ४२ रनमा गुमाउन पुग्यो । श्रीलंकाले ५ खेलमा एकमा मात्र जित निकाल्न सकेको छ । दुई खेल वर्षाले रद्ध बनाएको थियो ।


मिचेल स्टार्क पुनः अस्ट्रेलियाका लागि प्रमुख बलर बने । उनले श्रीलंकाको तल्लो क्रमलाई तहसनहस पार्ने क्रममा ६ बलको अन्तरमा ३ विकेट लिए । स्टार्कले १० ओभर बलिङ गर्दै ५५ रन खर्चेर ४ विकेट लिए । केन रिचर्डसनले ३ विकेट लिए । अस्ट्रेलियाले यसअघि अफगानिस्तान, वेस्ट इन्डिज र पाकिस्तानलाई पराजित गरेको थियो । टोलीको एकमात्र पराजय भारतसँग रहेको थियो ।


चार खेल मात्र खेल्न बाँकी रहेकाले श्रीलंकालाई सेमिफाइनल यात्रा कठिन बनेको छ । श्रीलंकाले उपाधि दाबेदार मानिएका भारत र आयोजक इंग्ल्यान्डसँग खेल्न बाँकी छ । करुणारत्ने र पेरेरा हुँदा श्रीलंकाको आशा देखिएको थियो । उनीहरूले ७ ओभरमै ५० रन जोडेका थिए । पेरेराले ३६ बल खेली ५ चौका प्रहार गरे । करुणारत्नेले १ सय ८ बलको इनिङ्समा ९ चौका प्रहार गरे ।


यसअघि म्यान अफ द म्याच फिन्चले १५ चौका र ५ छक्का प्रहार गरेका थिए । उनले पूर्व कप्तान स्टिभ स्मिथसँग १ सय ७३ रनको साझेदारी गरे । स्मिथले ९० बल खेली ७ चौका र १ छक्कासहित ७३ रन बनाए । ग्लेन म्याक्सवेलले २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ४६ रन जोडे ।


स्कोर कार्ड


अस्ट्रेलिया

८७ रनले विजयी


अस्ट्रेलिया

५० ओभर ३३४/७

आरोन फिन्च–१५३

स्टिभ स्मिथ–७३


धनन्जय डी सिल्भा २/४०

इसुरु उडाना २/५७


श्रीलंका

४५.५ ओभर २४७/१०

डिमुथ करुणारत्ने–९७

कुशल पेरेरा–५२


मिचेल स्टार्क–४/५५

केन रिचर्डसन–३/४७

प्याट कुमिन्स–२/३८

प्रकाशित : असार १, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?