कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बंगलादेश र वेस्ट इन्डिजको महत्त्वपूर्ण खेल

एजेन्सी

टाउनटन — बंगलादेश र वेस्ट इन्डिज दुवै टिमले यस विश्वकपमा सानदार सुरुआत गरेका थिए । उनीहरूले त्यस सफलतालाई निरन्तरता दिन असफल रहे । 

बंगलादेश र वेस्ट इन्डिजको महत्त्वपूर्ण खेल

आक्रामक बलिङकै कारण वेस्ट इन्डिजले विश्वकपमा फाइदा उठाइरहेको छ । उसका ब्याट्सम्यानहरूको खराब सट छनोटको मूल्य समग्र टिमले चुकाउनुपरेको छ । शुक्रबार इंग्ल्यान्डविरुद्धको खेलमा ३० ओभरसम्म वेस्ट इन्डिज १४४/३ को स्थितिमा थियो । उनीहरू ४५ औं ओभरमा २ सय १२ रनमै अलआउट भए ।

मुख्य २ खेलाडी एन्ड्रयु रसेल र सेल्डन कोट्रेल घाइते हुनु वेस्ट इन्डिजका लागि ठूलो झडका हो । शुक्रबार मैदान छाड्नुअघि यी दुईले ५ ओभर मात्र बलिङ गरेका थिए ।

यस विश्वकपमा बंगलादेशको अहिलेसम्मको सफलता तेस्रो नम्बरमा ब्याटिङ गरिरहेका सकिव अल हसनको प्रदर्शनकै वरिपरि घुमिरहेको छ । कार्डिफमा इंग्ल्यान्डविरुद्ध दबाबमा देखिएका बंगलादेशी बलरहरू पर्याप्त विकेटको अवसरबाट वञ्चित रहे । इंग्ल्यान्डले त्यस खेलमा ५० ओभरमा ३ सय ८६ रन जोडेको थियो, जुन विश्वकप इतिहासकै सर्वाधिक योगफल हो ।

माश्रफी मोर्तजाले शक्तिशाली वेस्ट इन्डिजविरुद्धको खेलमा टिमबाट अधिक सुधारिएको प्रदर्शनको अपेक्षा गरेका छन् । त्यसका लागि उनी आफैंले प्रयासको नेतृत्व गर्नुपर्नेछ ।

टाउनटनको अवस्था हेर्दा खेल वेस्ट इन्डिजको पक्षमा जाने अनुमान गर्न सकिन्छ । जेसन होल्डर नेतृत्वको टिमविरुद्धको पछिल्लो सफलताले बंगलादेशलाई आत्मविश्वास कायम राख्ने अवसर हुनेछ । दुवै टिमको अहिलेसम्म ४ खेलबाट ३ अंक छ । १० टोली सम्मिलित विश्वकपको राउन्ड रोविन प्रतिस्पर्धाको सेमिफाइनलमा स्थान बनाउनका लागि दुवैलाई जित आवश्यक छ ।

टाउनटनमा सोमबार बिहानीपख घाम लाग्ने र मध्याह्नपछि बदलीको पूर्वानुमान गरिएको छ । सानो मैदान भएकाले ठूलो स्कोरको खेल हुने अनुमान गरिएको छ ।

प्रकाशित : असार २, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?