१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भारतको ७ मा ७

एएफपी

म्यानचेस्टर — रोहित शर्माको शतकमा भारतले विश्वकप क्रिकेटमा चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई डकवर्थ लुइस पद्धतिमा ८९ रनले पराजित गरेको छ । विश्वकपमा भारतले पाकिस्तानमाथि सात खेल खेलेकोमा सबैमा विजय हात पारेको छ । यस विजयपछि भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । 

भारतको ७ मा ७

शर्माले तीन इनिङ्समा आफ्नो दोस्रो शतक बनाउने क्रममा १ सय ४० रन जोडेपछि टस हारेर ब्याटिङमा आएको भारतले ओल्ड ट्राफोर्डमा ३३६–५ को स्कोर बनायो । पाकिस्तानले ३५ ओभरमा ६ विकेट गुमाई १ सय ६६ रन बनाएको समयमा खेल वर्षाले बिथोलिन पुग्यो । त्यसपछि ४० ओभरमा झारिएको खेलमा पाकिस्तानलाई ३ सय २ रनको लक्ष्य दिइयो । पाकिस्तानले बाँकी ५ ओभरमा १ सय ३६ रन बनाउनुपर्ने भयो । पूरा ४० ओभर खेलेको पाकिस्तानले ६ विकेट गुमाई २ सय १२ रनमात्र बनाउन सक्यो ।

इमाद वासिम ३९ बलमा ४६ र सदाब खान १४ बलमा २० रन बनाई अविजित रहे । ओपनर इमाम उल हक ७ रनमै आउट भएका थिए । फखर जमानले ६२ र बाबर आजमले ४८ रन बनाउँदा पाकिस्तानको केही आशा देखिएको थियो । कुलदीप यादवले दुवैलाई आउट गरे । कुलदीपसँगै विजय शंकर र हार्दिक पाण्ड्याले २–२ विकेट लिए ।


यसअघि १ सय १३ बल खेलेका भारतका ओपनर शर्माले १४ चौका र ३ छक्का प्रहार गरे । शर्माले केएल राहुल (५७) सँग पहिलो विकेटमा १ सय ३६ रन जोडेका थिए । ७८ बल खेलेका राहुलले ३ चौका र २ छक्का प्रहार गरे ।


शर्मालाई कप्तान विराट कोहलीले ७७ रन बनाउँदै राम्रो साथ दिए । आफ्नो इनिङ्सका क्रममा कोहली एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो ११ हजार रन बनाउने खेलाडी बने । कोहलीले २ सय २२ इनिङ्समा यो उपलब्धि पूरा गर्दै आफ्नै देशका सचिन तेन्दुलकरले २ सय ७६ इनिङ्समा ११ हजार रन बनाएको कीर्तिमानलाई उछिनेका हुन् ।


पाण्ड्याले १९ बलमा २६ रन बनाए । पाकिस्तानको मोहम्मद आमिरले ४७ रन खर्चेर ३ विकेट लिए । उनलाई पिचमा दौडिएको कारण दुई पटक चेतावनी दिइएको थियो ।


स्कोर कार्ड

भारत डकवर्थ लुइस पद्धतिमा ८९ रनले विजयी


भारत

५० ओभर ३३६/५

रोहित शर्मा–१४०

विराट कोहली–७७

केएल राहुल–५७


मोहम्मद अमिर–३/४७

वाहब रियाज–१/७१



पाकिस्तान

४० ओभर २१२/६

फखर जमान–६२

बाबर आजम–४८


विजय शंकर–२/२२

कुलदिप यादव–२/३२

हार्दिक पाण्ड्या–२/४४

प्रकाशित : असार २, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?