कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'सेमिफाइनल यात्रा कठिन'

एएफपी

टाउन्टन — वेस्ट इन्डिजका कप्तान जेसन होल्डरले सोमबार बंगलादेशसँगको ७ विकेट हारसँगै 
आफ्नो टोलीका लागि विश्वकप सेमिफाइनल यात्रा अत्यत्नै कठिन भएको प्रतिक्रिया दिएका छन् । विश्वकप इतिहासमै ठूलो लक्ष्य पछ्याएर बंगलादेशले जित हासिल गरेको थियो । 

'सेमिफाइनल यात्रा कठिन'

वेस्ट इन्डिजले आफ्नो ५ मध्ये ३ खेलमा पराजय बेहोरेको छ । १० टोलीसम्मिलित प्रतियोगिताको राउन्ड रोविन लिग चरणका ४ खेल बाँकी रहँदा सेमिफाइनल प्रवेशको सम्भावना निकै कमजोर रहेको होल्डरको भनाइ छ । ‘यो समय हाम्रा लागि निकै कठिन छ तर असम्भव छैन । हामीले अब हरेक खेल फाइनल सोचेर खेल्नुपर्छ,’ होल्डरले भने, ‘हामीले बाँकी सबै खेललाई एउटा अवसरका रूपमा सदुपयोग गर्नुपर्छ ।’


वेस्ट इन्डिजको अबको दुई खेल न्युजिल्यान्ड र भारतसँग छ । दुवै उत्कृष्ट लयमा छन् । प्रतियोगितामा रहिराख्न यो दुवै खेलमा वेस्ट इन्डिज विजयी हुनु अनिवार्य छ । ‘यदि हामी सेमिफाइनलमा पुग्न चाहन्छौं भने हामीले सर्वश्रेष्ठ टिमलाई हराउनुपर्छ,’ होल्डरले भने, ‘हामी आफैं पछि हटिसकेका छौं र बलिङमा हामीले लय भेट्टाउनु आवश्यक छ ।’


‘हामीले ब्याटिङमा पनि अझै धेरै रन बनाउनुपर्छ, किनभने हाम्रो टिमबाट अहिलेसम्म कसैले पनि शतक प्रहार गरेका छैनन्,’ कप्तान होल्डरले भने, ‘मेरो मिचारमा पिचको अवस्था हेरेर हामीले ३ सय ६५ देखि ३ सय ७५ सम्म स्कोर बनाउन सक्थ्यौं तर ४०/५० रन कम बनायौं ।’

प्रकाशित : असार ४, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?