१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाकिस्तानी लक्ष्य सुधारिएको प्रदर्शन

पहिले दुई खेलमा विपरीत नतिजा आत्मसाथ गरेपछि पाकिस्तानले पछिल्लो दुई खेलमा कमजोर प्रदर्शन गरेको छ । 
एजेन्सी

लन्डन — पछिल्लो खेलमा भारतविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङमा निकै नै कमजोर प्रदर्शन गरेको पाकिस्तानले आइतबार लर्डसमा दक्षिण अफ्रिकाविरुद्ध सुधारिएको प्रदर्शनसहित जितको लक्ष्य लिएको छ । 

पाकिस्तानी लक्ष्य सुधारिएको प्रदर्शन

दक्षिण अफ्रिकाका लागि जारी एकदिवसीय विश्वकपको सेमिफाइनल पुग्ने सम्भावना बुधबार न्युजिल्यान्डविरुद्ध बेहोरेको साँघुरो हारसँगै करिब करिब सकिसकेको छ । पाकिस्तानविरुद्ध जित हासिल गरे पनि अन्य टोलीको नतिजामा उसको भविष्य निर्धारण हुनेछ ।

दक्षिण अफ्रिकाका बलरहरूले पछिल्लो ३ खेलमा विपक्षीलाई समस्यामा पारेको थियो । तर ब्याट्सम्यानहरू पर्याप्त रन बटुल्न असमर्थ रहे । फाफ डु प्लेसिस नेतृत्वको टिमले यसै वर्षको सुरुआतमा पाकिस्तानविरुद्धको शृंखलामा जित हासिल गरेको थियो । आइतबारको खेलमा उसलाई त्यही मनोबलले राम्रो प्रदर्शन गर्न प्रेरित गर्नेछ ।

पहिले दुई खेलमा विपरीत नतिजा आत्मसाथ गरेपछि पाकिस्तानले पछिल्लो दुई खेलमा कमजोर प्रदर्शन गरेको छ । ब्याटिङ कमजोरीले उसले अस्ट्रेलियासँग ४१ रनको हार सामना गर्नुपर्‍यो भने चिरप्रतिद्वन्द्वी भारतविरुद्धको ८९ रनको हारमा उसका तीनै क्षेत्र असफल रहे । मोहम्मद अमिरले सबै खेलमा सानदार प्रदर्शन गरी सबैलाई प्रभावित बनाएका छन् । तर अर्को एण्डबाट उनलाई निकै कम सहयोग भइरहेको छ ।

ब्याटिङतर्फ इंग्ल्यान्डविरुद्धको खेललाई छाडेर एकरुपको प्रदर्शन हुन सकिरहेको छैन । मध्यक्रमका ब्याट्सम्यान सोएब मलिकको लगातार असफलताले दक्षिण अफ्रिकाविरुद्ध प्लेइङ सेटमा नपर्ने सम्भावना बढेको छ । उनको स्थान हरिश सोहेलले लिन सक्छन् ।

सन् २०१८ को जुलाईपछि लर्डसमा पहिलोपल्ट एकदिवसीय क्रिकेट खेल हुँदै छ । आइतबारको मौसम आंशिक बदली रहने अनुमान गरिएको छ । सुख्खा पिचमा स्पिनरहरू प्रभावशाली हुन सक्छन् ।

प्लेयर्स टु वाच



क्विन्टन डी कक (दक्षिण अफ्रिका)

विश्वकपको सेमिफाइनल पुग्ने झिनो आशा कायमै राख्न गर या मरको अवस्थामा रहेको पाकिस्तानविरुद्धको खेलमा विकेटकिपर तथा सुरुआती ब्याट्सम्यान क्विन्टन डी ककबाट दक्षिण अफ्रिकाले धेरै अपेक्षा गरेको छ । जारी विश्वकपमा उनले अहिलेसम्म दुई अर्धशतक बनाइसके । खराब लयमा रहेको दक्षिण अफ्रिकाका लागि शीर्षक्रममा डी कक र हसिम अमलाबाट लामो साझेदारी आवश्यक छ ।




मोहम्मद अमिर (पाकिस्तान)

चार खेलमा एकमात्र जित पाएको पाकिस्तानका लागि मोहम्मद अमिरमात्र यस्ता खेलाडी हुन्, जसले अहिलेसम्म शतप्रतिशत प्रदर्शन गरिरहेका छन् । १३ विकेट लिइसकेका अमिर कुनै खेलमा पनि विकेटविहीन हुनुपरेको छैन । दक्षिण अफ्रिकाका शीर्षक्रमका ब्याट्सम्यानहरूका लागि अमिर घातक हुन सक्छन् । उनले अस्ट्रेलियाको ५ र पछिल्लो खेलमा भारतको ३ विकेट लिएका थिए ।

प्रकाशित : असार ८, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?