कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आर्चरले स्मिथलाई साथी नसोच्ने

एएफपी

लन्डन — इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले मंगलबार विश्वकपमा अस्ट्रेलियाको सामना गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) मा सँगै खेलेका अस्ट्रेलियाका स्टिभ स्मिथलाई साथीका रूपमा नसोच्ने बताएका छन् ।

आर्चरले स्मिथलाई साथी नसोच्ने

आर्चरसँगै इंग्लिस टिमका जोस बटलर र बेन स्टोक्सले स्मिथसँग पछिल्लो संस्करणको आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए ।


एसेज शृंखलाको मुखमै विश्वकपमा हुन लागेको दुई पारम्परिक क्रिकेट प्रतिद्वन्द्वीबीचको खेलमा तीन इंग्लिस खेलाडी र स्मिथ परम्पर विरोधी हुनेछन् । श्रीलंकाविरुद्ध लिग चरणको खेल गुमाएयता इंग्ल्यान्ड दबाबमा आएको छ । यसले पनि इग्ल्यान्ड तथा अस्ट्रेलियाबीचको खेल थप महत्त्वपूर्ण बन्नेछ ।


स्मिथलाई लिएर सोधिएको प्रश्नमा आर्चरले भने, ‘हामी पक्कै साथी हौं । मैले उनीबारे जस्तो सोच राख्छु, उनले पनि मेरो बारे त्यस्तै सोच राखेको हुनुपर्छ । उनी निकै भलाद्मी खेलाडी हुन् । तर क्रिकेटमा यो सबैको अर्थ हुन्न, जति बेला हामी फरक टिमबाट एकआपसविरुद्ध खेल्छौं । जतिबेलासम्म खेल सकिन्न, मेरो मनमा साथीको भावना हुने छैन ।’


बल टेम्परिङ काण्डमा फसेपछि डेविड वार्नरसँगै स्मिथ इंग्लिस क्रिकेट समर्थकको नजरमा छन् । ती समर्थकले लगातार उनीहरूलाई खिल्ली उडाइरहेका छन् । स्मिथबारे आर्चरले थपे, ‘इमान्दारितापूर्वक भन्नुपर्दा राजस्थानबाट खेल्दा पनि मैले उनीविरुद्ध नेटमा खासै बलिङ गरेको छैन । साधारणतया कोही पनि बलर स्मिथको सामना गर्नु नपरोस् भन्छन् तर म त्यस्तो होइन ।’


‘भोलिको खेलको क्रममा कुनै मोडमा आएर मैले र स्टोक्सले स्मिथविरुद्ध बलिङ गर्ने छौं । स्मिथविरुद्ध बलिङ गर्दा के गर्नुपर्छ, त्यो हामीलाई थाहा छ,’ आर्चरले थपे । बार्बाडोसमा जन्मेका उनले मार्चमा मात्र इंग्ल्यान्डबाट खेल्ने अनुमति पाएका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट अस्ट्रेलियाको सामना गर्दैछन् ।

प्रकाशित : असार १०, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?