१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सकिबको अलराउन्ड जादु

एपी

साउथह्याम्पटन — सकिब अल हसनले सानदार अलराउन्ड प्रदर्शन गर्दै सोमबार अफगानिस्तानमाथि ६२ रनको विजय दिलाएपछि बंगलादेशको विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशामा ठूलो बल मिलेको छ । 

सकिबको अलराउन्ड जादु

सकिबले ५१ रन बनाउँदै बसालेको जगमा बंगलादेशले २६२–७ को स्कोर बनायो । यही प्रयासमा उनी विश्वकपको उच्च स्कोररमा अगाडि आए । त्यसपछि ३२ वर्षे सकिबले एकदिवसीयमा आफ्नो खेलजीवनको उत्कृष्ट बलिङ गर्नेक्रममा १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए ।


विश्वकपको एकै खेलमा अर्धशतक बनाउने र ५ विकेट लिने सकिब केवल दोस्रो खेलाडी हुन् । सन् २०११ को विश्वकपमा भारतका युवराज सिंहले आयरल्यान्डसँग यसअघि यो कीर्तिमान बनाएका थिए । एकै विश्वकपमा शतक बनाउने र ५ विकेट लिने तीन खेलाडीमा सकिब, युवराज र भारतकै कपिल देव छन् । सकिबले यस विश्वकपमा दुई शतक बनाइसकेका छन् ।


दक्षिण अफ्रिका र वेस्ट इन्डिजलाई पनि पराजित गरेको बंगलादेश १० राष्ट्रसम्मिलित प्रतियोगिताको अंकतालिकामा पाँचौं स्थानमा छ । शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान पाउने छ । मासरफी मोर्टजाको टोलीले भारत र पाकिस्तानसँग खेल्ने बाँकी छ । अफगानिस्तानसँगै दक्षिण अफ्रिका यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । अफगानिस्तानले सबै ७ खेलमा पराजय बेहोरेको छ ।


रहमत शाह र गुलबदिन नैबले पहिलो विकेटमा ४९ रन जोडे पनि अफगानिस्तान ४७ ओभरमा २ सय रनमै अलआउट भयो । कप्तान नैबले ४७ रन बनाए । समिउल्लाह सेनबारी ४९ रनमा अविजित रहे । बंगलादेशबाट सकिबबाहेक मुस्फिकर रहिमले ८३ रन बनाएका थिए ।

प्रकाशित : असार १०, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?