कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

संयमित न्युजिल्यान्ड, अनिश्चित पाकिस्तान

एजेन्सी

म्यानचेस्टर — अर्को एक जितले न्युजिल्यान्डले सेमिफाइनलमा आफ्नो जित सुनिश्चित गर्नेछ । अर्कोतर्फ प्रतियोगितामा टिकिराख्न र सेमिफाइनल प्रवेशको सम्भावना जीवितै बनाउन पाकिस्तानका लागि पनि कम्तीमा जित जरुरी छ ।

संयमित न्युजिल्यान्ड, अनिश्चित पाकिस्तान

जारी विश्वकपको सबैभन्दा संयमित टोली न्युजिल्यान्ड र सबैभन्दा अनिश्चित टोली पाकिस्तानबीचको खेल ओल्ड ट्राफोर्डमा हुनेछ । न्युजिल्यान्ड प्रतियोगितामा अपराजित छ ।

पाकिस्तानले त्यही गरिरहेको छ जस्तो उसले सबैभन्दा राम्ररी गर्नसक्छ । उसले निराशाजनकदेखि सानदार प्रदर्शनको बीचमा रहेर विश्वकप गुजारिरहेको छ । यो निर्धारित गर्न कठिन हुनेछ कि यो खेलले कुन मोड लिनेछ ।

अन्तिम चारमा स्थान बनाउन हुन थालेको तीव्र प्रतिस्पर्धाबीच यस्तो अनुमान लगाउन कठिन हुनु सकारात्मक पक्ष पनि हो ।

एक जितले न्युजिल्यान्ड जहाँ पुग्नुपर्ने हो त्यहाँ पुग्नेछ । अर्थात् सेमिफाइनल । कप्तान केन विलियम्सनकै प्रेरणामा न्युजिल्यान्ड टोली ब्याटिङ, बलिङ र फिल्डङमा मात्र उत्कृष्ट होइन, अंकतालिकामा पनि शीर्षक्रममा छ । रस टेलरले विलियम्सनलाई सहयोग गरिरहेका छन् । तर उनीभन्दा प्रभावशाली प्रदर्शन कोलिन डी ग्रान्डहोमले गरेका छन् । कठिन समयमा रन निकाल्ने र किफायती ओभर बलिङ गरिरहेका छन् ।

तीव्र बलरको कुरा गर्नुपर्दा लोकी फर्गुसनको उच्च तीव्रताले प्रतियोगितामै रोमान्च थपिदिएको छ । ट्रेन्ट बोल्टले आफ्नो स्वीङका साथ उत्कृष्ट रक्षात्मक बलिङ गरिरहेका छन् भने म्याट हेनरी र जेम्स निसमले पनि विकेट लिइरहेका छन् ।

पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । तर उसलाई अब त्यही स्तर कायम राख्न जितको यात्रा निरन्तरता दिनु जरुरी छ । पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको पाकिस्तानले त्यसपछि इंग्ल्यान्डलाई हराएर सनसनी कायम गरेको थियो । ६ खेलबाट ५ अंक जोडेको पाकिस्तानका लागि सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न बाँकी सबै खेल जित्नुपर्छ ।


खेलको पूर्वसन्ध्यामा म्यानचेस्टरमा वर्षा हुने अनुमान गरिएको छ । बुधबारको मौसममा उल्लेख्य सुधार हुनेछ । तीव्र बलरलाई बल स्वीङ गराउन सहज हुनेछ । मोहम्मद अमिर र बोल्टको प्रदर्शन प्रभावशाली हुने अपेक्षा गरिएको छ ।

प्लेयर्स टु वाच



बाबर आजम (पाकिस्तान)

जारी विश्वकपमा पाकिस्तानको प्रदर्शन अनिश्चित छ । तेस्रो नम्बरका ब्याट्सम्यान आजमको प्रदर्शन भने एकरुपको देखिएको छ । अहिलेसम्म शतक बनाउन नसकेका आजमले दुई अर्धशतक प्रहार गरेका छन्, त्यसमध्ये पछिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ६९ रन हो । उनले ५ इनिङ्समा २ सय ३२ रन बनाएका छन्, जुन जारी विश्वकपमा पाकिस्तानी ब्याट्सम्यानको सर्वाधिक रन हो ।



रस टेलर (न्युजिल्यान्ड)

न्युजिल्यान्ड टोलीका सबैभन्दा अनुभवी ब्याट्सम्यान हुन् टेलर । विश्वकपमा न्युजिल्यान्डले अहिलेसम्म कप्तान केन विलियम्सनलाई गतिलो साथ दिने ब्याट्सम्यान भेटेको छैन । धेरै हदसम्म टेलरले उनलाई साथ दिइरहेका छन् । ५ मध्ये तीन इनिङ्समा अर्धशतक बनाएका टेलरले वेस्ट इन्डिजविरुद्ध ६९ रन प्रहार गरेका थिए । ३५ वर्षीय टेलरले बंगलादेशविरुद्ध ८२ र अफगानिस्तानविरुद्ध ४८ रन बटुलेका थिए ।


प्रकाशित : असार ११, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?