कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अस्ट्रेलिया सेमिफाइनलमा

एपी

लन्डन — इंग्ल्यान्डमाथि ६४ रनको सहज जित हात पारेपछि अस्ट्रेलिया मंगलबार विश्वकप क्रिकेटको सेमिफाइनल पुगेको छ । सात खेलमा छैटौं जित हात पार्दै अस्ट्रेलिया १० राष्ट्र सहभागी प्रतियोगिताको शीर्षस्थानमा उक्लिँदै नकआउट चरणमा प्रवेश गरेको हो । 

अस्ट्रेलिया सेमिफाइनलमा

दाबेदार टोलीको रूपमा प्रतियोगिता सुरु गरेको इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । पछिल्लो खेलमा टोलीलाई श्रीलंकाले २० रनले स्तब्ध पारेको थियो । इंग्ल्यान्ड ८ अंकसहित चौथो स्थानमा छ र टोलीलाई बंगलादेशले एक अंकले पछ्याइरहेको छ । शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् ।


आरोन फिन्चको टोलीले टस गुमाए पनि पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ८५ रन बनायो । फिन्च आफैंले १ सय रन बनाए । बेन स्टोक्सले ८९ रन बनाए पनि इंग्ल्यान्डले नियमित विकेट गुमाइरह्यो । टोली ४५ औं ओभरमा २ सय २१ रनमा अलआउट भयो ।


देब्रे हाते तीव्र बलरद्वय जेसन बेहरेन्ड्रोर्फ र मिचेल स्टार्कले घरेलु टोली इंग्ल्यान्डलाई ध्वस्त पारे । टोलीमा पुनः फिर्ता बोलाइएका जेसनले १० ओभरमा ४४ रन खर्चेर ५ विकेट लिए । स्टार्कले अर्को एक पटक उत्कृष्ट प्रर्दशन गर्नेक्रममा ८.४ ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ४ विकेट लिए । चोटबाट अझै तंग्रिन नसकेका जेसन रोयको स्थानमा खेलिरहेका जेम्स भिन्सलाई इनिङ्सको दोस्रो बलमा बोल्ड गरी जेसनले उत्कृष्ट सुरुआत दिलाएका थिए ।


स्टार्क १९ विकेटसाथ जारी विश्वकपको सर्वाधिक विकेट लिने बलर सूचीमा अगाडि छन् । उनले नै स्टोक्सलाई सानदार योर्कर बलमा बोल्ड गरेपछि इंग्ल्यान्डको आशा सकिएको थियो । स्टोक्सले १ सय १५ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे । इंग्ल्यान्डको २६–३ को स्थितिलाई स्टोक्सले जोनी बेरिस्टो (२७), जोस बटलर (२५) र क्रिस वोक्स (२६) सँग मिलेर तानेका थिए । स्टार्कले यसअघि जो रुटलाई एलबीडब्लू आउट गरेका थिए भने कप्तान इयान मोर्गनलाई क्याच गराए ।


इंग्ल्यान्डसँगको पछिल्ला ११ एकदिवसीय खेलमा इंग्ल्यान्ड १० मा पराजित भएको थियो । तर १९९२ को विश्वकपदेखि अस्ट्रेलियाले इंग्ल्यान्डमाथि निरन्तर जित हात पार्दै आएको छ ।


फिन्चले १५ रनमा जीवनदान पाएको पूरा फाइदा उठाए । उनले डेविड वार्नरसँग पहिलो विकेटमा २३ ओभरभित्र १ सय २३ रन जोडे । वार्नर ५३ रनमा आउट भए । ३६ औं ओभरमा आउट भएका फिन्चले १ सय १६ बल खेल्दै ११ चौका र २ छक्का प्रहार गरे । स्टिभ स्मिथले ३४ बलमा ३८ र एलेक्स केरीले २७ बलमा अविजित ३८ रन बनाए । इंग्ल्यान्डका बलरहरू पछि उत्कृष्ट पुनरागमन गर्दै उत्कृष्ट सुरुआत गरेको अस्ट्रेलियालाई ३ सय रनमुनि रोक्न सफल भए ।


स्कोर कार्ड

अस्ट्रेलिया

६४ रनले विजयी


अस्ट्रेलिया

५० ओभर २८५/७

आरोन फिन्च–१००

डेविड वार्नर–५३

स्टिभ स्मिथ ३८

एलेक्स केरी–३८८


क्रिस वोक्स २/४६


इंग्ल्यान्ड

४४.४ ओभर २२१/१०

बेन स्टोक्स–८९

जोनी बरिस्टो–२७

क्रिस वोक्स–२६


जेसन बेहरेन्डोर्फ ५/४४

मिचेल स्टार्क ४/४३

प्रकाशित : असार ११, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?