कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

उपाधि जित्ने स्टोक्सको दाबी

एएफपी

लन्डन — अस्ट्रेलियाको हातबाट पराजित भएता पनि इंग्ल्यान्डका बेन स्टोक्सले यसपल्टको विश्वकप आफ्नै टिमले जित्ने दाबी गरेका छन् । सुरुमा उपाधिको बलियो दाबेदार मानिएको इंग्ल्यान्डको प्रदर्शन पछिल्लो समय खस्केको छ ।

सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले संघर्ष गर्नुपर्नेछ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डले जितनिम्ति २ सय ८६ रनको लक्ष्य पाएको थियो । जबकि इंग्ल्यान्ड लर्ड्समा २ सय २१ रनमै समेटिएको थियो ।


जसका कारण इंग्ल्यान्ड आफ्नो पुरानो प्रतिद्वन्द्वीविरुद्ध ६४ रनले पराजित रह्यो । इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । यसक्रम टिमले सन् २०१७ को जनवरीयता दुई खेल लगातार गुमायो । यसअघि इंग्ल्यान्ड यस विश्वकपमा श्रीलंकासँग २० रनले पराजित भएको थियो । अस्ट्रेलियाविरुद्ध स्टोक्सले सर्वाधिक ८९ रन बनाएका थिए । श्रीलंकाविरुद्ध पनि लयमा देखिएका उनले ८२ रन बनाएर नटआउट रहे ।


सुरुमा पाकिस्तानविरुद्धको खेल पनि गुमाएको इंग्ल्यान्डले लिग चरणमा बेहोरको हारसंख्या ३ पुगेको छ । तर आत्मविश्वासी देखिएका स्टोक्सले भने, ‘पछिल्ला दुई खेल गुमाएको हुनाले टिमका सबै खेलाडी निराश छन् । हामीलाई पूरा विश्वास छ यसपल्टको विश्वकप जित्ने इंग्ल्यान्डले नै हो । हामीले उत्कृष्ट खेल प्रदर्शन गर्ने हो भने कसैले पनि इंग्ल्यान्डलाई रोक्न सक्ने छैन ।’ उनले यसका लागि आफ्नो टिमले आक्रामक ब्याटिङ गर्नुपर्नेछ ।


अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्डको ब्याटिङ जमेको छैन । जेसन बेहरेन्ड्रोफ र माइकल स्टार्क अगाडि टोली कमजोर देखिएको थियो । त्यस खेलमा बेहरेन्ड्रोफले ५ र स्टार्कले ४ विकेट लिए । इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न आफ्नो अन्तिम खेलमा लयमा रहेका भारत र न्युजिल्यान्डलाई हराउनुपर्नेछ । यी दुई टिमसँगै अस्ट्रेलियालाई सन् १९९२ को विश्वकपयता कुनै संस्करणमा हराउन सकेको छैन ।


स्टोक्सले भने, ‘पछिल्लो चार वर्षमा सफल रहनुको कारण हाम्रो आक्रामक खेल्ने शैली नै हो । लगातार दुई खेलमा पराजित भएपछि टिमको प्रदर्शनमा शंका गर्ने स्थान हुने गर्छ । तर हामीले आफ्नो खेल्ने शैलीलाई परिवर्तन गर्न आवश्यक छैन । खासमा हामीले स्थितिअनुसार टिमको प्रदर्शनलाई अनुकूल बनाउन नसकेको हो । अब खेल्नुपर्ने अन्तिम दुई खेलमा पनि हाम्रो खेल्ने रणनीति आक्रामक नै रहनेछ, कुनै परिवर्तन हुने छैन ।’

प्रकाशित : असार १२, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?