१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अफगानलाई अनुभव खाँचो

एएफपी

लन्डन — अफगानिस्तानका खेलाडी मिर्वाइस असरफले आफ्नो जस्तो टिमका लागि विश्व क्रिकेटमा राम्रो प्रदर्शन गर्न अनुभवको खाँचो रहेको बताएका छन् । उनले विश्वकपमा अफगानिस्तानले राम्रो गर्न पर्याप्त अनुभव चाहिने बताए ।

अफगानिस्तानले अहिलेसम्म खेलेका ७ खेलमध्ये सबैमा हार बेहोरेको छ । भारतविरुद्धको खेलमा भने अफगानिस्तान जित नजिक पुगेर पनि पराजित रहेको थियो ।


अफगानिस्तानका लागि सन् २०१६ मा अन्तिम पटक खेलेका असरफले टिमलाई यसपल्टको विश्वकप ठूलो शिक्षाका रूपमा रहेको र यसले भविष्यमा टिमको प्रदर्शनमा सकारात्मक असर पर्ने बताए । ‘सबैले के बुझ्नुपर्छ भने विश्वकपमा अफगानिस्तानले सामना गरेका सबै टिम अब्बल दर्जाका हुन् । यी टिमविरुद्ध खेल्नु कहिले पनि सजिलो हुन्न । त्यसैले विश्वकपजस्तो प्रतियोगिता खेल्न अफगान टिमबाट धेरै अपेक्षा पनि राख्नुहुन्न ।’


उनका अनुसार अफगानिस्तानको अहिलेसम्मको प्रदर्शनमा गर्व मान्नुपर्ने क्षण पनि छन् । उनले भने, ‘अहिलेसम्म खेलेका सबै खेलमा पराजित भएपछि अफगानिस्तानको प्रदर्शनमा गर्व गर्नुपर्ने हुन्छ । विशेषतः भारतविरुद्धको खेलमा हाम्रो प्रदर्शन राम्रो रह्यो, हामी ११ रनको झिनो अन्तरले मात्र पराजित रह्यौं ।’ अफगानिस्तानले अब प्रतियोगितामा दुई खेल खेल्न बाँकी छ । त्यो पाकिस्तान तथा वेस्ट इन्डिजविरुद्ध हो ।


अफगानिस्तानको नाममा विश्वकपमा एक जित मात्र छ । सन् २०१५ मा अफगानिस्तानले स्कटल्यान्डलाई हराएको थियो । ‘मेरो विचारमा अफगानिस्तानले आफूभन्दा माथिका टिमसँग शृंखलाको व्यवस्था गर्नुपर्ने हुन्छ । यसले टिमलाई खाँचो रहेको अनुभव पूर्ति हुन्छ । अबको विश्वकप सन् २०२३ मा भारतमा हुँदै छ । अहिले नै त्यसको तयारी सुरु गर्नुपर्ने हुन्छ । भारतको स्थिति हाम्रो क्रिकेटका लागि पनि सुहाउँदो छ ।’

प्रकाशित : असार १२, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?