कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

प्रतिभाको सदुपयोग गर्न सल्लाह

एएफपी

लन्डन — क्लाइभ लोयडले वेस्ट इन्डिजको अहिलेको पुस्ताका खेलाडी निकै प्रतिभाशाली रहेको र त्यसलाई स्तरीय खेलमा परिवर्तन गर्नुपर्ने बताएका छन् । विश्वकपमा वेस्ट इन्डिजको खराब प्रदर्शनपछि लोयडको यो धारणा अगाडि आएको हो ।

वेस्ट इन्डिजले अहिलेसम्म खेलेका लिग चरणका ६ खेलमध्ये एकमा मात्र जित निकालेको छ । यस प्रदर्शनसँगै वेस्ट इन्डिज सेमिफाइनल नपुग्दै प्रतियोगिताबाट बाहिरिने देखिएको छ ।


‘वेस्ट इन्डिज विश्वकै सबैभन्दा उत्कृष्ट टिम हुनसक्छ, किनभने सबै खेलाडी निकै प्रतिभाशाली छन्,’ उनले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका लागि लेख्दै भनेका छन् । उनको धारणा थियो, ‘वेस्ट इन्डिज ब्याट्सम्यानले ५० देखि ८० रनको व्यक्तिगत स्कोरलाई शतकमा परिणत गर्ने हो भने टिम निकै बलियो स्थितिमा पुग्न सक्छ । बलरको पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सक्ने क्षमता छ । यसका लागि उनीहरूले बलियो गृहकार्य भने गर्नुपर्ने हुन्छ ।’


कार्लोस ब्रेथवेटले ८२ बलमा १ सय १ रन बनाउँदै न्युजिल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई जितसम्म पुर्‍याएका थिए । तर उनी छक्का प्रहार गर्ने प्रयासमा आउट भए । सन् १९७५ र १९७९ को विश्वकप जित्दाका कप्तान लोयडले खेलको निर्णायक मोडमा खेलाडी बढी संयमित हुनुपर्ने सल्लाह दिए । उनले भनेका छन्, ‘न्युजिल्यान्ड, अस्ट्रेलिया र बंगलादेशविरुद्धका खेलमा वेस्ट इन्डिजको हार एकपक्षीय थिएन । मात्र उनीहरू निर्णायक मोडमा चुके ।’


उनले थपे, ‘वेस्ट इन्डिज टिमले पछिल्लो समय ठूला स्कोर खडा गरिरहेको छैन । यसले पनि टिमको प्रदर्शन बलियो हुन सकेको छैन । यसपल्टको प्रतियोगितामा प्रत्येक टिमका लागि कोही न कोही ब्याट्सम्यानले शतकीय इनिङ्स खेलिरहेका छन् । वेस्ट इन्डिजका लागि भने अहिलेसम्म ब्रेथवेटले मात्र शतक बनाएका छन् ।


अरु कोही वेस्ट इन्डिज ब्याट्सम्यानले उनलाई पछ्याउन सकेका छैनन् । निश्चित रूपमा हाम्रा खेलाडी प्रतिभाशाली छन् । यही प्रतिभालाई अब मैदानमा सही तरिकाले उतार्नुपर्छ ।’

प्रकाशित : असार १२, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?