कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतको नजर सेमिफाइनलमा

एजेन्सी

म्यानचेस्टर — आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आफ्नो छैटौं खेलमा वेस्ट इन्डिजको सामना गर्नुअघि भारतको लक्ष्य जित यात्रा जारी राख्दै सेमिफाइनलका लागि एक कदम अगाडि बढ्नु हुनेछ । 

भारतको नजर सेमिफाइनलमा

वेस्ट इन्डिजले भने न्युजिल्यान्डसँग बेहोरेको ५ रनको साँघुरो र अप्रत्यासित हारपछि पहिलो खेल खेल्दै छ । त्यस खेलमा वेस्ट इन्डिजको इनिङ्स सखाप हुनुअघि कार्लोस ब्रेथवेटले केही उत्कृष्ट कला प्रस्तुत गरेका थिए ।

विश्वकपभन्दा अगाडि वेस्ट इन्डिजको कथा बेग्लै थियो । सुपरस्टार खेलाडीबाट अपेक्षा गरेअनुसारको प्रदर्शन हुन नसक्नुको फलस्वरुप टोलीले अनुकूल नतिजा निकाल्न सकेको छैन । यसअघिका खेलमा मैदानमा सहज नदेखिएका आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

गणितीय रूपमा वेस्ट इन्डिजको सेमिफाइनल सपनाको अन्त्य भइसकेको छैन । तर उच्च लयमा रहेको भारतीय टोलीसामु उसलाई ब्याटिङ, बलिङ र फिल्डिङमा पूर्ण प्रदर्शन जरुरत पर्नेछ ।

शनिबार अफगानिस्तानविरुद्ध कमजोर लक्ष्य रक्षा गर्दै भारतीय बलरहरूले पुनः एकपल्ट खेल जिताउने क्षमताको प्रदर्शन गरेका थिए । जुन खेलमा मोहम्मद सामीले ह्याट्रिक विकेट पूरा गरेका थिए । उनी बिहीबारको खेलमा पनि सुरुआती ११ मै पर्ने सम्भावना उच्च छ । किनभने ह्यामस्ट्रिङको चोट बोकेका भुवनेश्वर कुमारले खेल्न सक्ने सम्भावना छैन ।

भारतले मध्यक्रममा अझै स्थिर प्रदर्शनको प्रयास गर्नेछ । बलरहरूलाई सहज बनाउनका लागि संयमित प्रदर्शन गर्नेछन् । म्यानचेस्टरमा बिहीबार दिनभर घाम लाग्नेछ । दिनमा गर्मी हुनेछ । दिन ढल्कँदै गर्दा यहाँ स्पिनरहरू हाबी हुनसक्छन् । जारी विश्वकपमा ओल्ड ट्राफोर्डमा खेलिएका पछिल्लो ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।


प्लेयर्स टु वाच


विराट कोहली (भारत)

पछिल्लो तीन इनिङ्समा

लगातार अर्धशतक बनाएका भारतीय कप्तान विराट कोहलीको एकरुपको लयबारे अरु भनिराख्नुपर्दैन । ४१ एकदिवसीय शतक प्रहार गरिसकेका कोहलीको वेस्ट इन्डिजविरुद्धको औसत रन ७०.७७ छ । उनी अर्को एक तीन अंकको स्कोरसँगै टिमलाई सफल बनाउनेतर्फ पनि योजना बनाइरहेका छन् ।



सेल्डन कोट्रेल (वेस्ट इन्डिज)

जमैकाका अग्ला बायाँहाते तीव्र गतिका बलर कोट्रेल वेस्ट इन्डिजका स्ट्राइक बलर हुन् । उत्कृष्ट प्रदर्शनसहित हरेक विकेट लिएपछिको ‘सलामी’ हाउभाउका कारण उनी चर्चित छन् । पछिल्लो खेलमा ४/५६ को प्रदर्शन गरेका उनले पहिलो ओभरमै न्युजिल्यान्डका ओपनरलाई पेभेलियन पठाएका थिए । भारतविरुद्ध पनि उनी निर्णायक हुनसक्छन् ।

प्रकाशित : असार १२, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?