कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पाकिस्तानको सम्भावना जीवन्त

एएफपी

बर्मिङघम — पाकिस्तानले विश्वकप क्रिकेट २०१९ मा बुधबार न्युजिल्यान्डलाई ६ विकेटले हराएर सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राखेको छ । 

पाकिस्तानको सम्भावना जीवन्त

प्रतियोगितामा न्युजिल्यान्डको यो पहिलो हार हो । पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटमा २ सय ३७ रन बनाएको थियो । जवाफमा पाकिस्तानले ४९.१ ओभरमा ४ विकेट गुमाएर २ सय ४१ रन बनायो ।


त्यसमा पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट नटआउट शतक बनाए । पाकिस्तानले यसअघि दक्षिण अफ्रिकालाई हराएको थियो र अब उसको ७ अंक भएको छ ।

प्रकाशित : असार १२, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?