कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

श्रीलंकालाई धक्का

एएफपी

चेस्टर–ली–स्ट्रिट — सेमिफाइनलमा पुग्ने सम्भावना सकिसकेको दक्षिण अफ्रिकाले एकदिवसीय विश्वकपमा आफ्नो दोस्रो जित निकाल्ने क्रममा श्रीलंकालाई ९ विकेटले पराजित गरेको छ । यो नतिजाले श्रीलंकाको सेमिफाइनल दौडमा भने गम्भीर धक्का लागेको छ । सेमिफाइनल आशा कायमै राख्न श्रीलंकाले बाँकी दुवै खेलमा स्पष्ट जित निकाल्नुपर्नेछ । 

श्रीलंकालाई धक्का

चेस्टर–ली–स्ट्रिटमा भएको खेलमा २ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७.२ ओभरमै पूरा गर्‍यो । श्रीलंकाली बलिङ आक्रमण असफल भएको खेलमा ओपनर हसिम अमला र कप्तान फाफ डु प्लेसिसले दोस्रो विकेटका लागि १ सय ७५ रनको अविजित साझेदारी गरेपछि दक्षिण अफ्रिकाको सहज जित निस्कियो ।

पाँचौं ओभरमै क्विन्टन डी ककलाई १५ रनको व्यक्तिगत स्कोरमा गुमाएको दक्षिण अफ्रिकाका लागि अमलाले १ सय ५ बलमा ५ चौकासहित ८० नटआउट रन प्रहार गरे । १ सय ३ बलमा १० चौका र १ छक्का प्रहार गरेका कप्तान प्लेसिसले नटआउट ९६ रन बटुले । उनले थिसरा परेराको बलमा चौका प्रहार गर्दै ९ विकेटको जित दिलाएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले इनिङ्सको ३ बल बाँकी छँदा अलआउट हुँदै २ सय ३ रनको झिनो योगफल खडा गरेको थियो । टिममा फिर्ता बोलाइएका ड्वायने प्रिटोरियसले १० ओभरमा ३–२५ को प्रदर्शन गरेपछि श्रीलंकाले आफ्नो इनिङ्समा लगातार विकेट गुमाइरह्यो । दक्षिण अफ्रिकाका क्रिस मोरिसले पनि ३ विकेट झारे ।

‘विकेट निकै कठिन थियो,’ प्रिटोरियसले भने, ‘हामीले अनुशासित रूपमा योजनाअनुसार प्रदर्शन गर्‍यौं । मेरो विचारमा यो खेलमा सबैले आ–आफ्नो स्थानबाट शतप्रतिशत प्रदर्शन गरे । सायद यो इनिङ्स हाम्रा लागि प्रतियोगिताकै उत्कृष्ट रह्यो ।’

खेलको पहिलो बलमै श्रीलंकाली कप्तान दिमुथ करुणारत्नेलाई कागिसो रावाडाले डु प्लेसिसको हातबाट स्लिप क्षेत्रमा क्याचआउट गराएपछि श्रीलंकाको विकेट पतन सुरु भएको हो । कुशल परेरा र अभिष्का फर्नान्डेजले १० ओभरमा ६७–१ को प्रदर्शनसहित इनिङ्स सम्हाले । फर्नान्डोले गलत शट खेल्दा ३० रनको स्कोरमा आउट भए ।

लगत्तै परेरा पनि प्रिटोरियसको बलमा ३० रन बनाएर बोल्ड भएपछि श्रीलंका १२ औं ओभरमै ७२–३ को अवस्थामा पुग्यो । क्रिस मोरिसले एन्जेलो म्याथ्युजलाई ११ र कुशल मेन्डिसलाई २३ रनको स्कोरमा आउट गरे । करुणारत्नेबाहेक श्रीलंकाका सबै ब्याट्सम्यानले दोहोरो अंकमा रन त बटुले तर कसैले पनि ठूलो इनिङ्स खेल्न सकेनन् ।


स्कोर कार्ड

दक्षिण अफ्रिका

९ विकेटले विजयी


श्रीलंका

४९.३ ओभर २०३

कुशल परेरा–३०

अभिष्का फर्नान्डो–३०

धनन्जय डी सिल्भा–२४


क्रिस मोरिस ३/४६

ड्वायने प्रिटोरियस ३/२५


दक्षिण अफ्रिका

३७.२ ओभर–२०६/१

हसिम अमला–८०८

फाफ डु प्लेसिस–९६८


लासिथ मालिङ्गा १/४७

प्रकाशित : असार १४, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?