कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रोहितको कीर्तिमानी शतक

(एएफपी)

लिड्स — भारतका रोहित शर्मा एकै विश्वकपमा ५ शतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीसहित लोकेल राहुलले शतक बनाएपछि भारतले शनिबार हेडिङ्लेमा आफ्नो अन्तिम खेलमा श्रीलंकामाथि सहज ७ विकेटको जित हात पारेको छ । 

रोहितको कीर्तिमानी शतक

एन्जेलो म्याथ्युजले १ सय १३ रन बनाएपछि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ६४ रन बनायो । रोहितले १ सय ३ र राहुलले १ सय ११ रन बनाउँदै पहिलो विकेटमा १ सय ८९ रनको साझेदारी गरेपछि भारतले ६ ओभरभन्दा बढीको खेल बाँकी छँदै विजय हात पार्‍यो ।


कसुन रजिथाको बलमा चौका प्रहार हान्दै शतक पूरा गरेर रोहितले एकै विश्वकपमा सर्वाधिक शतकको कीर्तिमान बनाएका हुन् । सन् २०१५ को पछिल्लो विश्वकपमा श्रीलंकाका कुमार सांगाकाराले चार शतक बनाएका थिए । रोहितले श्रीलंकाविरुद्ध ९२ बलमै शतक पूरा गरे । त्यसलगत्तै उनी रजिथाको बलमा आउट भए । म्यान अफ द म्याच उनले ९४ बलको इनिङ्समा १४ चौका र २ छक्का प्रहार गरे ।


‘हिटम्यान’ को रूपमा चिनिने रोहित जारी प्रतियोगितामा ८ खेल खेल्दै ६ सय ४७ रन बनाएर सर्वाधिक रन बनाउनेमा अग्रस्थानमा आएका छन् । यो उनको लगातार तेस्रो शतक पनि हो । उनले यसअघिको दुई खेलमा बंगलादेशसँग १ सय ४ र इंग्ल्यान्डसँग १ सय २ रन बनाएका थिए । प्रतियोगितामा भारतको पहिलो खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध अविजित १ सय २२ र त्यसपछि पाकिस्तानसँग तेस्रो खेलमा १ सय ४० रन बनाएका थिए ।

एकै विश्वकपमा ६ सयभन्दा बढी रन बनाउने उनी केवल चौथो खेलाडी हुन् । यसअघि भारतकै सचिन तेन्दुलकर (सन् २००३), अस्ट्रेलिया म्याथ्यु हेडन (२००७) र बंगलादेशका सकिब अल हसन (जारी प्रतियोगिता) ले यो कीर्तिमान बनाएका थिए ।


राहुलले १ सय १८ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । ऋषभ पन्त ४ रनमा आउट भए । कप्तान विराट कोहली ३४ र हार्दिक पाण्ड्ये ७ रनमा अविजित रहे ।


यसअघि म्याथ्युजले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो तेस्रो शतक पूरा गरे । श्रीलंका ५५–४ को स्थितिमा पुगेको समयमा उनले लाहिरू थिरिमानेसँग पाँचौं विकेटमा १ सय २४ रन जोडेपछि श्रीलंकाको स्कोर चुनौतीपूर्ण बनेको थियो । तीव्र गतिका बलर जसप्रित बुमराहले ओपनरद्वय दिमुथ करुनारत्ने (१०) र कुशल परेरा (१८) लाई आउट गरी श्रीलंकालाई गतिलो झट्का दिएका थिए । बुमराहले कुल १० ओभर बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए ।


म्याथ्युजले १ सय २८ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । थिरिमानेले ६८ बलमा ५३ रन बनाए । धनञ्जय डी सिल्भा ३६ बलमा २९ रन बनाई अविजित रहे ।



स्कोर कार्ड


भारत

७ विकेटले विजयी


श्रीलंका

५० ओभर २६४/७

एन्जेलो म्याथ्युज–११३

लाहिरू थिरिमाने–५३

धनन्जय डी सिल्भा–२९८


जसप्रित बुमराह ३/३७

रवीन्द्र जडेजा १/४०



भारत

४३.३ ओभर–२६५/३

रोहित शर्मा–१०३

लोकेश राहुल–१११

विराट कोहली–३४८


कसुन रजिथा १/४७

इसुरु उडाना १/५०


प्रकाशित : असार २२, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?