२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भिडन्तका मुख्य तीन क्षेत्र

काठमाडौँ — कोहलीविरुद्ध विलियम्सन
सन् २००८ को यू–१९ विश्वकप सेमिफाइनलमा भारत र न्युजिल्यान्डको खेल हुँदा कप्तान थिए, तिनै विराट कोहली र केन विलियम्सन । जति बेला यिनै दुई टिम विश्वकप २०१९ मा मंगलबार भिड्ने छन्, त्यति बेला दुवैसँग पुराना याद हुनेछ । भारतले त्यो पुरानो सेमिफाइनल मात्र जिते, क्वालालम्पुरमा भएको फाइनल नै जित्यो । अब विलियम्सनसामु अब त्यही पुराना दिनको बदला लिने अवसर हुनेछ । यो अवसर अझ ठूलो स्तरमा हुनेछ ।

भिडन्तका मुख्य तीन क्षेत्र

भारतले सेमिफाइनलसम्म यात्रा तय गर्दा कोहलीले ५ अर्धशतक बनाइसकेका छन् । उनी पहिलोपल्ट कप्तानका रूपमा पहिलो ठूलो उपाधि जित्ने संघारमा छन् । चार वर्षअघि विश्वकप फाइनलमा अस्ट्रेलियालाई गुमाएयता विलियम्सनको टिमको प्रदर्शन पनि प्रशंसायोग्य छ । त्यसमा दुई अब्बल दर्जाको शतक समावेश छ । विलियम्सन आफैंको ब्याटिङ पनि सुन्दर छ । उनी कप्तानी पनि खुबै मज्जाले गर्ने गर्छन् । उनको लक्ष्य हुनेछ, भारतमाथि स्तब्धपूर्ण जित निकाल्ने ।


रोहितविरुद्ध गुप्टिल

रोहित शर्मा आफ्नो खेलजीवनकै उत्कृष्ट लयमा छन् । उनले यसपालि विश्वकपको एकै संस्करणमा पाँच शतक बनाइसकेका छन् । उनी सर्वाधिक रन बनाउने सूचीको शीर्षस्थानमा छन् र उनको ब्याटबाट निस्किसकेको छ ६ सय ४७ रन । सेमिफाइनल अगाडिसम्म रोहितले लगातार तीन शतक बनाएका थिए, क्रमशः १०२, १०४ र १०३ । उनले लोकेश राहुलसँग दुई अवसरमा १ सय ८० रनको साझेदारी गरिसकेका छन् ।


उनले सेमिफाइनलमा के यही लय समात्न सक्ने छन् त ? यो सबैभन्दा ठूलो प्रश्न हो । यसको ठीक विपरीत मार्टिन गुप्टिल भने खराब लयबाट गुज्रिरहेका छन् । उनले आफ्नो टिमका लागि आठ इनिङ्समा १ सय ६६ रनमात्र बनाएका छन् । न्युजिल्यान्डलाई आस हुनेछ सेमिफाइनलमा त गुप्टिल चम्कने छन् कि ? पछिल्लो विश्वकपमा भने गुप्टिल खुबै लयमा थिए । उनले वेस्ट इन्डिवविरुद्ध एक्लै २ सय ३७ रन बनाएका थिए अविजित रहेर ।


बुमराहविरुद्ध बोल्ट

जसप्रित बुमराह योर्करका राजा हुन् । उनकै नेतृत्वमा भारतको बलिङ आक्रमण छ । उनी सटिक छन् र भारतीय टिमको प्रदर्शन धेरै अर्थमा उनमै निर्भर हुनेछ । उनले ८ खेलमा १७ विकेट लिइसकेका छन् । यस्तै उनले रनको वहाबलाई रोक्ने गरेका छन् । डेथ ओभरतिर नियमित रूपमा प्रभावशाली बलिङ गर्न उनी माहिर छन् । उनलाई बलिङ आक्रमणमा मोहम्मद सामी र भुवनेश्वर कुमारका पनि बलियो साथ छ ।


न्युजिल्यान्डसँग पनि उत्तिकै अब्बल दर्जाको बलर रहेका छन् । ती हुन् बायाँहाते ट्रेन्ट बोल्ट । उनको बलिङ धारिलो छ । उनी बललाई दुवै छेउबाट स्वीङ गर्न सक्छन् । उनले समूह चरणका ८ खेलमा १५ विकेट लिएका छन् । भारतको बलियो ब्याटिङक्रमका लागि उनी चुनौती हुनसक्छन् । वेस्ट इन्डिजविरुद्ध ४ विकेटको प्रदर्शन उनको यस विश्वकपका सबैभन्दा उल्लेखनीय खेल थियो । अस्ट्रेलियाविरुद्ध पनि उनले ह्याट्रिक गरेका थिए ।

प्रकाशित : असार २४, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?