कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

स्टार्कको कीर्तिमानी विकेट

एएफपी

म्यानचेस्टर — मिचेल स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । अस्ट्रेलिया बिहीबार इंग्ल्यान्डसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएको खेलमा १ विकेट लिँदै उनले जारी प्रतियोगितामा आफ्नो विकेटसंख्या २७ पुर्‍याएका हुन् । उनले सन् २००७ को विश्वकपमा अस्ट्रेलियाकै ग्लेन म्याकग्राले २६ विकेट लिएको कीर्तिमान उछिनेका हुन् । 

स्टार्कको कीर्तिमानी विकेट

स्टार्कको कीर्तिमान यस विश्वकपमा तोडिने सम्भावना ज्यादै कम छ । आइतबार फाइनल खेल्न लागेका न्युजिल्यान्ड र इंग्ल्यान्डका खेलाडीमा जोफ्रा आर्चरको १९ र लोकी फेर्गुसनको १८ विकेट छ । त्यस्तै ट्रेन्ट बोल्टको १७ विकेट छ । अस्ट्रेलियालाई २०१५ को पछिल्लो विश्वकप विजेता बनाउनेक्रममा पनि स्टार्कले २२ विकेट लिएका थिए ।


अस्ट्रेलियाले मध्यम स्कोर बनाएको अवस्थामा त्यसलाई रक्षा गर्ने टोलीको धेरै आस स्टार्कमै रहेको थियो । तर स्टार्कले १ विकेट थपे पनि खासै सम्झनलायक प्रदर्शन गर्न सकेनन् । उनले ९ ओभरमा ७० रन खर्चन पुगे ।


उनले पहिलो ५ ओभरमा ५० रन खर्चेका थिए । पाचौं ओभरको दोस्रो बलमा स्टार्कले जोनी बेरिस्टोलाई एलबीडब्लू आउट गरे । त्यसपछि आएका जो रुटले स्टार्कलाई तीन चौका प्रहार गरे ।

प्रकाशित : असार २७, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?