कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेलिसले इंग्ल्यान्ड छाड्दै

एएफपी

लन्डन — इंग्ल्यान्डका मुख्य प्रशिक्षक ट्रेभर बेलिसले विश्वकप र एसेज शृंखलापछि टिम छाड्ने बताएका छन्  । सेप्टेम्बरको अन्त्ययता ५६ वर्षीय अस्ट्रेलियालीको अनुबन्ध सकिँदै छ  ।

बेलिसले इंग्ल्यान्ड छाड्दै

‘एउटै पदमा ४–५ वर्ष बस्नु धेरै हो । टिमका लागि राम्रो या नराम्रो गरे पनि यो समय धेरै हो,’ उनले भने, ‘अब टिमले नयाँ प्रशिक्षक पाउनुपर्छ र उसले टिमलाई थप उचाइमा पुर्‍याउने छ ।’


इंग्ल्यान्डले आइतबार लर्ड्समा हुने फाइनलमा न्युजिल्यान्डको सामना गर्दै छ । त्यसमा टिमले कडा चुनौती सामना गर्नुपर्नेमा पनि बेलिस विश्वस्त छन् । उनले भने, ‘चार वर्षअगाडि विश्वकप इंग्ल्यान्डका लागि राम्रो रहेन । हामीले त्यसको समाप्तिमा सन् २०१९ को विश्वकपका लागि योजना बनाएका थियौं । यसले काम गरेकोमा खुसी र गर्व दुवै छ ।’


उनले इंग्ल्यान्ड टिम र खेलाडीको सपना पूरा हुने दिन आएको पनि बताए । ‘एजबास्टनमा खेलेपछि भएको टिम बैठकमा सबैले के अनुभव गरे भने हामीले खासमा केही पनि जितेका छैनौं । धेरैले उपाधिका लागि हामी नै बलियो छौं भनेका छन् । हामी यो दाबी पनि सुन्न चाहन्नौं । हामीलाई हाम्रै खेलमा केन्द्रित हुनुपर्छ,’ उनले भने ।


अस्ट्रेलियालाई सुरुमा ४९ ओभरमा २ सय २३ रनमा सीमित पारेपछि इंग्ल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान जेसन रोयले ६५ बलमा ८५ रन बनाए । त्यसमा उनले ९ चौका र ५ छक्का प्रहार गरे । यस क्रममा उनले जोनी बेरिस्टोसँग पहिलो विकेटमा फेरि शतकीय साझेदारी गरे । बेलिसले फाइनलमा पनि जेसनको खेल उत्कृष्ट हुने अपेक्षा पोखे ।

प्रकाशित : असार २८, २०७६ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?