कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फाइनलमा अम्पायर धर्मसेना

एएफपी

लन्डन — श्रीलंकाका अम्पायर कुमार धर्मसेनाले इंग्ल्यान्ड र न्युजिल्यान्डबीच आइतबार लर्डसमा हुने विश्वकप क्रिकेटको फाइनल खेलाउने भएका छन्  । सेमिफाइनलमा इंग्ल्यान्डका ब्याट्सम्यान जेसन रोयलाई विवादास्पद आउट दिएर विवादमा तानिए पनि धर्मसेनालाई फाइनल खेलाउने अवसर पाएका हुन्  ।

सरेका ओपनर रोयको ८५ रन मदतमा इंग्ल्यान्डले बिहीबार सेमिफाइनलमा अस्ट्रेलियामाथि ८ विकेटको जित हात पारेको थियो । उनलाई लेगसाइडमा गएको बलमा धर्मसेनाले विकेट पछाडि क्याचआउट दिएका थिए ।

रोयले रिभ्यूका लागि अपिल गरेका थिए । इंग्ल्यान्डले एकमात्र रिभ्यू यसअघि नै गुमाइसकेको थियो । जबकि धर्मसेनाले रिभ्यूका लागि संकेत गरिरहँदा अस्ट्रेलियाली खेलाडीले श्रीलंकाली अम्पायरले गल्ती गरेको इशारा गरिरहेका थिए ।


रोयले भने आफूलाई आउट नभई वाइड दिनुपर्ने भनेर दुवै हात उठाइरहेका थिए । टिभी रिप्लेमा पनि बलले ब्याटमा नछोएको देखाइएको थियो । अम्पायरको निर्णयमा असन्तुष्टि जनाएकाले २८ वर्षे रोयलाई म्याच रेफ्री रन्जन मदुगलेले म्याच फीको ३० प्रतिशत जरिवाना लगाउनुका साथै २ अंक पनि काटेका छन् ।

खराब आचरणका लागि उनको विश्वकपमा ३ अंक काटिसकिएको छ । ४ अंक काटिँदा मात्र निलम्बनमा पर्ने हुनाले रोयले फाइनल खेल्न पाउने छन् ।


धर्मसेनासँगै फाइनलमा दक्षिण अफ्रिकाका मरैस इराम्मस अर्का अनफिल्ड अम्पायर हुनेछन् । उनी धर्मसेनासँगै इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको सेमिफाइनलमा उभिएका थिए । अनुभवी श्रीलंकाली मदुगले म्याच रेफ्री हुनेछन् । अस्ट्रेलियाका रोड टकर थर्ड अम्पायरमा छन् ।

प्रकाशित : असार २८, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?