कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इंग्ल्यान्डले तोड्यो जिंक्स

एएफपी

लन्डन — इंग्ल्यान्डले फाइनल र रन चेजको जिंक्स तोडेको छ । आइतबार न्युजिल्यान्डलाई पराजित गर्नु अघिका सबै फाइनलमा इंग्ल्यान्ड पराजित भएको थियो । त्यसमा टोली विजयी लक्ष्य पछ्याउनेक्रममा चुकेको थियो । यसपल्ट विजयी लक्ष्य स्पष्ट पार नगरे पनि इंग्ल्यान्ड विजयी भएको हो । 

इंग्ल्यान्डले तोड्यो जिंक्स

विश्वकपको पहिलो तीन संस्करण इंग्ल्यान्डले आयोजना गरेको थियो । इंग्ल्यान्डमा साँझ ढिलोसम्म घाम लाग्ने भएकाले ६० ओभरको खेलाइन्थ्यो । १९७९ को विश्वकप पनि यस्तै थियो । पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले लर्ड्समा भिभ रिचर्डसको अविजित १ सय ३८ रनमा पूरा ६० ओभर खेलेर ९ विकेट गुमाई २ सय ८६ रन बनायो । इंग्ल्यान्डलाई ५१ ओभरमा १ सय ९४ रनमा अलआउट गर्दै वेस्ट इन्डिजले लगातार दोस्रो विश्वकपको उपाधि उचाल्यो ।


इंग्ल्यान्ड दोस्रोपल्ट फाइनलमा १९८७ को विश्वकपमा आएर पुग्यो । भारतको कोलकातामा भएको फाइनलमा अस्ट्रेलियाले डेविड बुनको ७५ रनमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाई २ सय ५३ रन बनायो । इडेन गार्डेनमा इंग्ल्यान्डले ८ विकेट गुमाई २ सय ४६ रनमात्र बनाउन सकेपछि अस्ट्रेलिया पहिलो पटक विश्वकप विजेता बन्यो ।


सन् १९९२ मा इंग्ल्यान्ड तेस्रो पटक निराश हुन पुग्यो । मेलबर्न क्रिकेट मैदानमा ८७ हजारभन्दा बढी दर्शकमाझ पाकिस्तानले निर्धारित ५० ओभरमा इमरान खानको ७२ रनमा ६ विकेट गुमाई २ सय ४९ रन बनायो । निल फेयरब्रदरले ७० बलमा ६२ रन बनाए पनि इंग्ल्यान्ड ४९.२ ओभरमा २ सय २७ रनमा अलआउट भयो ।


पाकिस्तान नयाँ विश्व च्याम्पियन बन्यो । इंग्ल्यान्डको ३ विकेट लिएका वसिम अक्रम म्यान अफ द फाइनल बने । उनले पाकिस्तानी इनिङ्समा १८ बलमा ३३ रन बनाएका थिए ।


यस विश्वकपका शतककर्ता

शतकखेलाडी (देश)

रोहित शर्मा (भारत)

डेविड वार्नर (अस्ट्रेलिया)

सकिब अल हसन (बंगलादेश), केन विलियम्सन (न्युजिल्यान्ड), आरोन फिन्च (अस्ट्रेलिया), जो रुट (इंग्ल्यान्ड), जोनी बेरिस्टो (इंग्ल्यान्ड)

शिखर धवन (भारत), अभिष्का फर्नान्डो (श्रीलंका), क्रेग ब्रेथवेट (वेस्ट इन्डिज), एन्जेलो म्याथ्युज (श्रीलंका), जेसन रोय (इंग्ल्यान्ड), बाबर आजम (पाकिस्तान), जोस बटलर (इंग्ल्यान्ड), फाफ डु प्लेसिस (दक्षिण अफ्रिका), इमाम उल–हक (पाकिस्तान), मुस्फिकर रहिम (बंगलादेश), निकोलस पूरन (वेस्ट इन्डिज), इयान मोर्गन (इंग्ल्यान्ड) र लोकेश राहुल (भारत)

प्रकाशित : असार ३०, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?