१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

म्यान अफ द फाइनल

पहिलोपल्ट विश्वकपको उपाधि जितेर इतिहास कोरेको इंग्ल्यान्डका समर्थकले फाइनलमा आफ्नो टोलीका अलराउन्डर बेन स्टोक्सको इनिङ्स सायदै बिर्सने छन् । 

म्यान अफ द फाइनल

पाँचौं नम्बरमा ब्याटिङ आएर स्टोक्सको धैर्य इनिङ्सभर नै देखियो । संयमित प्रदर्शन गरेर ऐतिहासिक फाइनल खेल बराबरीमा ल्याउन उनको मुख्य भूमिका रह्यो । ९८ बलमा अविजित ८४ रन जोडेका स्टोक्सले लर्ड्सको विशाल मैदानमा ५ चौका र २ छक्का प्रहार गरे ।

अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितनिम्ति १५ रन आवश्यक थियो । ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गरे । अर्को बलमा २ रन लिने क्रममा न्युजिल्यान्डका मार्टिन गुप्टिलले गरेको थ्रो स्टोक्सको ब्याटमा लागेर चौका भएको थियो । अम्पायरले ओभर थ्रोमार्फत चौका र २ रन जोडेर ६ रन दिएपछि इंग्ल्यान्डले खेल बराबरी गर्न सकेको हो ।


२ सय ४१ रनमा खेल बराबरी भएपछि सुपर ओभरबाट नतिजा छिनोफानोको प्रयास गरिएको थियो । यसपल्ट पनि यिनै स्टोक्सले जोस बटलरसँग मिलेर इंग्ल्यान्डको इनिङ्स सम्हाले । सुपरओभरमा उनले एक चौकासहित ८ रन बनाए । सुपर ओभरमा पनि १५ रन बराबर भएपछि खेलमा धेरै बाउन्ड्री प्रहार भएको आधारमा इंग्ल्यान्ड विजयी रह्यो ।


इंग्ल्यान्डले इनिङ्सभर प्रहार गरेका २६ मध्ये ८ बाउन्ड्री स्टोक्सको ब्याटबाट निस्किएको थियो । स्टोक्सले यस विश्वकपमा ११ इनिङ्समा ब्याटिङतर्फ ४ सय ६५ रन र बलिङमा ७ विकेट लिएका थिए ।

प्रकाशित : असार ३०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?