चन्द्रागिरी हिल्सलाई 'उत्कृष्ट गन्तब्य' पुरस्कार
नयाँदिल्ली — चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ ।
नेपालीहरुमाझ मात्र नभएर पछिल्लो समय नेपाल जाने भारतीय पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकस्थलका रुपमा चिनिँदै गएको चन्द्रागिरी हिल्स ‘नेपाल्स बेष्ट टुरिष्ट डेष्टिनेसन अवार्ड’ बाट पुरस्कृत भएको हो ।
शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई नेपाल र भारतबीच ‘बेष्ट कनेक्टिगं एअरलाइन्स् अवार्ड’, मझोगं क्यासिनोलाई ‘बेष्ट क्यासिनो अवार्ड’ बाट पुरस्कृत गरिएको थियो । साथै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा व्यक्तिगतरुपमा योगदान दिएवाफत सोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको थियो ।
प्रकाशित : आश्विन २०, २०७५ १२:३४