कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

घुम्न जाने होइन टोड्के हिल ?

घनश्याम खड्का

म्याग्दी — समुद्र सतहबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित रमणीय गन्तव्य टोड्के धौलागिरी एवं अन्नपूर्ण हिमश्रृंखला दृष्यावलोकन गर्ने भर्जिन 'हिल' हो ।

घुम्न जाने होइन टोड्के हिल ?
घुम्न जाने होइन टोड्के हिल ?

आँखैमा टाँसिने धौलागिरी–अन्नपूर्ण हिमश्रृंखलाका १६ हिम चुचुराको राम्रो अवलोकन गर्न सकिन्छ । हिमाल दृष्यावलोकन गर्न बाहेक टोड्के धुरीबाट कालीगण्डकी, म्याग्दी र रघुगंगा नदी किनाराका फाँट, जिल्लाका ४५ वटा मध्य ३६ वडाको भू-भाग देख्न सकिन्छ ।

घुम्न जाने होइन टोड्के हिल ?

टोड्के कुहुँको पूर्णगाउँ, बाखेत र झिं गाउँहुँदै पुग्न सकिन्छ । सबै बस्तीबाट कच्ची मोटरबाटो जोडिएको छ । बेनीबाट जिप वा नीजि सवारीसाधनबाट दुई घन्टामा पुग्न सकिने पर्यटकीय गन्तव्य टोड्केमा साइक्लिङ गर्न रुची राख्नेका लागि सदरमुकामबाट अर्थुङ्गे, तोरीपानी, पात्लेखेत, बाखेतहुँदै टोड्के उक्लेर एकरात बास बस्ने र पूर्णगाउँ, कुहुँ, ताराखेत, तातोपानीहुँदै झरेर बेनी फर्कन उपयुक्त छ । टोड्के हिल धौलागिरी सेन्चुरी पदमार्गको प्रवेश मार्गमा अवस्थित छ ।

घुम्न जाने होइन टोड्के हिल ?

घुम्न जाने होइन टोड्के हिल ?

‘टोड्के हिल नजिकको दुरीमा छोटो समयमा यात्रागरी मनोरम दृश्यपान तथा यात्रा गर्न चाहने पर्यटकका लागि उपयुक्त गन्तब्य हो,’ टोड्के पर्यटन विकास समितिका अध्यक्ष बाबुराम आचार्यले भने, ‘करोडौं लगानीमा निर्माण भइरहेको रिसोर्ट तथा होटल पूर्वाधार विकासले टोड्केको पर्यटन भविष्य उज्जल छ ।’

घुम्न जाने होइन टोड्के हिल ?

टोड्केमा अहिले ३ करोड लागतमा सुविधा सम्पन्न रिसोर्ट निर्माणाधीन छ । नजिकका बाखेत, झिं र पूर्णगाउँमा घरबास गर्न पनि सकिन्छ । घरबासकालागी तालिम प्राप्त स्थानियवासीले पर्यटकको खाना तथा आवासकालागी रैथाने अर्गानिक खाद्यान्नको परिकारले स्वागत गर्ने गरेका छन् ।

घुम्न जाने होइन टोड्के हिल ?

घरबास भन्दा छुट्टै चउरमा टेन्ट राखेर बस्न रुचाउने पर्यटका लागि पनि स्थानीयले ब्यवस्था गर्ने गरेका छन् । दाउरा प्रश्स्त पाइने भएकोले ‘क्याम्प फायर’ रुचाउने पर्यटकका लागि टोड्के थप उपयुक्त छ ।

घुम्न जाने होइन टोड्के हिल ?

टोड्केमा मृग, घोरल, बाँदर, चितुवा, कालिज, फत्रास लगायतका वन्यजन्तु एवं पक्षीहरु अवलोकन गर्न पाइन्छ । टोड्केमा हिन्दूहरुको पवित्र तीर्थस्थल प्युठानको स्वर्गद्वारीको शाखा आश्रम छ ।

घुम्न जाने होइन टोड्के हिल ?

घुम्न जाने होइन टोड्के हिल ?

घुम्न जाने होइन टोड्के हिल ?

घुम्न जाने होइन टोड्के हिल ?

घुम्न जाने होइन टोड्के हिल ?

प्रकाशित : कार्तिक १३, २०७५ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?