कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

आहा ! कति राम्रो साइपाल हिमाल

चार चेली साइपाल उक्लँदै
बसन्तप्रताप सिंह

औंलागाड (बझाङ) — हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल मध्येको एक साइपाल हिमालको बेसक्याम्प आरोही र सहयोगीहरुको चहलपहलले गुल्जार बनेको छ ।

आहा ! कति राम्रो साइपाल हिमाल
आहा ! कति राम्रो साइपाल हिमाल

बझाङ जिल्लाका कसैले पनि हालसम्म कुनै हिमाल आरोहण गरेका छैनन् । जिल्ला मै पहिलोपटक साइपाल गाउँपालिकाका लक्ष्मी बुढा, संगीता रोकाया, सुर्मा गाउँपालिकाकी पवित्रा बोहरा र तल्कोट गाउँपालिकाकी सरस्वती थापाले हिमाल चढ्ने साहस गरेका हुन् ।

आहा ! कति राम्रो साइपाल हिमाल

उनीहरुले बझाङ जिल्लामा रहेको ७ हजार ३१ मिटर अग्लो साइपाल हिमालको दक्षिणी मोहडाबाट कार्तिकको १८ गते आसपासमा आरोहण गर्नेछन् । यो हिमालको दक्षिणी मोहडाबाट हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् ।

आहा ! कति राम्रो साइपाल हिमाल

उनीहरुलाई आरोहणमा सहयोग गर्नका लागि संसारभर रहेका आठ हजार मिटर भन्दा बढी उचाईका सबै १४ वटा हिमाल चढेर विश्व रेर्कड कायम गरिसकेका गिनिजबुक रेकर्डधारी स्पेनिस नागरिक डा. जर्ज इगोचेएगा र आठ हजार मिटर भन्दा माथिकै सबै हिमाल चढिसकेकी संसारकी प्रथम महिला एडुर्ने पासावन लगायत १२ जना विदेशी आरोहीको टोली साइपाल बेसक्याम्प रहेको क्षेत्र साइपाल गाउँपालिकाको औंलागाड पुगेको छ । यो टोलीमा इटालीकी ७५ वर्षीया आरोही ओडिना ग्रोसो पनि सहभागी छन् ।

आहा ! कति राम्रो साइपाल हिमाल

आरोहण दलमा १० पटक सगरमाथाको सफल आरोहण गरिसकेका पेछोम्बे शेर्पा सहितका ५ जना अनुभवी शेर्पाहरुको टोली समेत रहेको छ । आरोहण दल करिब १५ दिनसम्म साइपाल क्षेत्रमा रहने र मौसम अनुकुल हुने वित्तिकै हिमाल आरोहणको प्रयास गरिने एक जना शेर्पा लाक्पा नोर्बु शेर्पाले जानकारी दिए ।

आहा ! कति राम्रो साइपाल हिमाल

‘औंलागाड क्षेत्र झिलिमिली भएको छ,’ साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भने, ‘पाटनभरी टेन्ट र पताका टाँगिएका छन् । आरोहीहरुलाई सहयोग गर्ने भरिया र सहयोगीको लस्कर बाटै भरी छ । एउटा मान्छे पनि भेटन मुश्किल हुने यो सिजनमा यहाँको रौनक नै बेग्लै देखिएको छ ।’

आहा ! कति राम्रो साइपाल हिमाल

उनले आरोहण दललाई सहयोग गर्नका लागि १ सय ५० जना भन्दा बढी स्थानीय भरियाहरु पनि समुन्द्र सतहबाट करिब ४ हजार मिटरको उचाइमा रहेको बेसक्याम्प सम्म पुगेको बताए ।

आहा ! कति राम्रो साइपाल हिमाल

आफूहरुको हिमाल चढने सपनालाई जिल्लावासीले गरेको स्वागतले थप बल पुऱ्याएको नवआरोहीहरुले बताएका छन् । ‘हामी इतिहास रच्ने कुरामा विश्वस्त छौं,’ आरोही मध्येकी एक लक्ष्मी बुढाले भनिन्, ‘जिल्लावासीले गरेको सम्मान र स्वागतले हाम्रो आँट झन बलियो भएको छ ।’

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

आहा ! कति राम्रो साइपाल हिमाल

प्रकाशित : कार्तिक १३, २०७५ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?