कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कुवेतमा नयाँ राजदुत

काठमाडौं — सात महिनादेखि खाली रहेको नेपाली दुतावास कुवेतमा सह-सचिव यज्ञबहादुर हमाल राजदुतको कार्यभार सम्हाल्न मंगलवार कुवेत पुगेका छन् । उनी यस अघि परराष्ट्रमा क्षेत्रीय संगठन (सार्क/विमेष्टेक) महाशाखा प्रमुख थिए ।

कुवेतमा नयाँ राजदुत

राजदुत मधुवन पौडेल फर्किएपछि शाखा अधिकृत विशाल भट्टराई कार्यबहाक भएर काम गरेका थिए । उनी उप सचिवमा बढुवा भएपछि स्वदेश फर्किँदै छन् ।
राजदुत हमालले राष्ट्रिय हित प्रवर्द्धनका लागि आर्थिक, व्यापारिक, सांस्कृतिक, पर्यटन प्रवर्धन  लगायतका विषयलाई समेटेर काम गर्ने बताए । 'कुवेतमा कार्यरत नेपालीको हक हितको संरक्षण र समस्या कसरी समाधानमा गर्न सकिन्छ भनेर लाग्छु,' उनले कान्तिपुरलाई भने ।
कुवेतसँग अझै राम्रो सम्बन्ध सुदृढीकरण गरेर कसरी नेपाल र कुवेत दुबैलाई फाइदा हुने गरी लाग्दा बढी लाभ लिन सकिन्छ भन्दै उनले पहिला समग्र बस्तुस्थितीको अध्ययन गर्ने बताए । हमालले भने, 'सेवालाई प्रकृयामुखी नबनाएर परिणाममुखी बनाउन पनि मेरो जोड हुन्छ ।'
कुवेतमा करीव ७० हजार नेपाली भएको अनुमान छ, जसमध्ये ४० हजार जती घरेलु महिला कामदार  छन् । कुवेतमा २०१० फेब्रुअरीमा दुतावास स्थापना भएको थियो । राजदुत लगायत कुटनैतिक अधिकारीहरुको कार्यकाल ४ वर्ष र श्रम सहचारीको २ वर्षको हुन्छ ।

प्रकाशित : पुस २, २०७१ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?