कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुबेतमा ओहदाको प्रमाणपत्र पेश

दोहा (कतार) — कुबेतस्थित नेपाली राजदुत यज्ञबहादुर हमालले कुबेतका अमिर शेख सवाह अल अहमद जबीर अल सबाहसमक्ष सोमबार बिहान ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

कुबेतमा ओहदाको प्रमाणपत्र पेश

कुबेतको बयान भबनमा आयोजित बिशेष समारोहमा राजदुत हमालले बुझाएको ओहादाको प्रमाणपत्र अमिर सवाहले बुझेका हुन् ।
त्यस अबसरमा राष्ट्रपति रामबरण यादवको तर्फबाट कुबेतका अमिरको सुस्वाथ्य, सुख र कुबेती जनताको बिकासको लागि दिएको शुभकामना ब्यक्त गरेको थियो ।
दुई पक्षीय भेटमा नेपाल र कुबेतबीचको सम्बन्ध अझ प्रगाढ बिस्तारको लागि लगानी, रोजगारको अबसरको पक्षमा छलफल भएको थियो ।
त्यस समारोहमा नेपाली दुताबास कुबेतका प्रथम सचिव बिशाल भट्टराई र द्वितीय सचिब अम्बिका जोशीको सहभागिता रहेको थियो ।  


 

प्रकाशित : पुस ७, २०७१ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?