१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मुम्बइमा ज्यान गुमाउनेको यतै दाहसंस्कार हुने

नयाँ दिल्ली — तीन दिन अघि आगलागीमा परेर मुम्बइको भिवन्डीमा ज्यान गुमाउने ७ जना नेपाली श्रमिकको यतै दाहसंस्कार गर्न लागिएको नेपाली समाजका प्रतिनिधिले जनाएका छन् ।

मुम्बइमा ज्यान गुमाउनेको यतै दाहसंस्कार हुने

संयुक्त नेपाली महासंघ, मुम्बइका अध्यक्ष शालिकराम तिवारीले दिएको जानकारीमा सबै मृतकका आफन्तहरु कपिलवस्तुबाट मुम्बइ आइसकेकाले मंगलबार अपरान्ह्र अन्तिम दाहसंस्कार गरिने तयारी भएको छ ।
आगोमा जलेर मृत्यु बेहोर्ने श्रमिकको शव चिन्न नसक्ने स्थितीमा रहेको र डीएनए परीक्षणका आधारमा व्यक्ति पहिचान गर्ने स्थिती रहेकाले अप्ठ्यारो अवस्थामा शव फर्काएर गाउा नलैजान आफन्तलाई सुझाव दिइएको तिवारीले बताए ।
मुम्बइ शहरबाट १५ किमि टाढाको भिवन्डी शहरमा रहेको काठ गोदामको सानो झुप्रोमा शनिबार बिहान आगो लागेपछि नेपाली श्रमिकको विभत्स मृत्यु भएको थियो । घटनामा गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ, सयल रैदास, अजय र निरजको मृत्यु भएको थियो ।
आगलागीमा परेर सख्त घाइते भएका कपिलवस्तुका विनोद यादव(अहिर), उमाप्रसाद चौहान (बुढे लोनिया) र बहादुर चौहान(तितरे लोध)को भने थाने जिल्लाको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, दिल्लीस्थित नेपाली दुतावासले पनि घटनामा विचल्ली बेहोर्ने नेपालीका आफन्त भेटघाट र आवश्यक सहयोग उपलब्ध गराउन एक कर्मचारीलाई मंगलबार मुम्बइ पठाउने भएको छ । दूतावासका अनुसार, तृतिय सचिव ग्ाणेश अधिकारीले मुम्बइ गएर घटनाको स्थलगत विवरण लिने भएका छन् ।
 

प्रकाशित : पुस १५, २०७१ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?