लन्डनमा मोतीको सम्झना

लन्डन — लन्डनमा नेपाली भाषासाहित्यका युगपरिवर्तक साहित्यकार मोतीराम भट्टको १५०औं जन्मजयन्ती मनाइएको छ ।

लन्डनमा मोतीको सम्झना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र नेपाल मुक्तक प्रतिष्ठान बेलायतले आइतबार संयुक्त रुपमा विशेष गजल एवं मुक्तक गोष्ठी गरि जन्म जयन्ती मनाएका हुन् । कार्यक्रममा बेलायतका नेपाली स्रष्टा र साहित्यप्रेमीको उल्लेख्य सहभागिता रह्यो ।

कार्यक्रममा मोतीराम भट्टको वहुआयामिक व्यक्तित्व र कृतित्वबारेचर्चा गरियो । सहभागीले कवि, जीवनीकार, नाटककार, गजलकार, अभिनेता, निर्देशक, प्रकाशक, पत्रकारजस्ता विभिन्न आयाममा मोतीराम भट्टले नेपाली वाङ्मय र साहित्यलाई ठूलो टेवा पुऱ्याएकोस्मरण गरे । कार्यक्रम उनको तस्बिरमा माल्यार्पणबाट सुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख आकर्षण रहे वरिष्ठ गजलकार रवि प्राञ्जल । उनले नयाँ पुराना गरी करिब १५ वटा गजल सुनाइरहँदा सभाहल उत्सवमय बनेको थियो । उत्तरार्धमा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेका उत्कृष्ट मुक्तकले चिसो सांझमा न्यानो रौनक थप्यो ।

कार्यक्रममा साहित्यकार एवं राजनीतिज्ञ बलदेव शर्मा मजगैंया, गजलकार रवि प्राञ्जल, मुक्तककार रामकाजी कोने, वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपाली, साहित्यकार सुमलकुमार गुरुङ्ग, शिक्षासेवी चण्डिका भट्टलगायत विशिष्ट अतिथि सहभागी उक्त कार्यक्रमको अध्यक्षता क्रमश: डा. रूपक श्रेष्ठ र दुर्गाप्रसाद पोख्रेलले गरेका थिए ।

सोही अवसरमा गजल र मुक्तकमा दीर्घसेवा पुर्‍याएवापत रवि प्राञ्जल र रामकाजी कोनेलाई प्रशंशापत्रसहित सम्मान गरिएको छ । कार्यक्रममासञ्चारकर्मी भगीरथ योगी, घनश्याम शर्मा रेग्मी, नृपेश उप्रेती, नेपाली शिवराज, कृष्ण तिवारी, आदर्श श्रेष्ठ, राजकुमार श्रेष्ठ, नवराज घिमिरे, प्रतिमा केसी, वीरु मुकारुङ, सागर सिलवाललगायतका करिब ३ दर्जन स्रष्टाले गजल, मुक्तक र कविता वाचन गरेका थिए ।

प्रकाशित : भाद्र २१, २०७२ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?