कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एनआरएन कतारमा तामाङ निर्वाचित

दोहा — गैरआवासीय नेपाली संघ कतारको अध्यक्षमा विनेश तामाङ शनिबार निर्वाचित भएका छन् ।

एनआरएन कतारमा तामाङ निर्वाचित

गत अगस्ष्ट ११ तारिखमा हुने अधिबेशन दुई पक्षबीच बिबाद भएपछि अनिश्चित बनेको चुनाब नेपाली दुताबासले चान्सलरी भबन दिएपछि शुक्रबार मतादान भएको थियो ।

एमाले र प्रवासी जनजाति महासंघ र तराई मधेस लोकतान्त्रिक पार्टी कतारको समर्थनमा तामाङ प्यानलले बर्चस्व कायम गरेको छ । उनले नेपाली कांग्रेस र एमाओवादी समर्थनमा अध्यक्षमा उठेका इन्जिनियर अर्जुन भट्टराईलाई पराजित गरेका हुन् ।

प्रथम उपाध्यक्षमा नगेन्द्रप्रसाद पोखरेल, द्वितिय उपाध्यक्ष प्रविण गुरुङ (निर्विरोध), महासचिव इन्जिनियर नन्दप्रसाद पोखेरल, सचिव उत्तिमकुमार शाह, कोषाध्यक्ष भेषराज पराजुली, महिला संयोजक संगिता थिङ (र्निर्विरोध), युबा संयोजक लिलाबहादुर जिशी निर्वाचित भएका छन् ।

महिला सदस्य मिना खड्का, खुल्ला सदस्य भीमबहादुर तरामु मगर, भिमबहादुर थापा, भुपति भट्टराई, महबुब आलम, माइला वाइबा, शक्ति क्षेत्री निर्वाचित भएका छन् । त्यस्तै पूर्वाञ्चल सदस्य तेज कटुवाल, मध्यमाञ्चल मोहमद रहमान हुसेन, पश्चिमाञ्चल ठाकुर कुमाई दर्जी, मध्यपश्चिमाञ्चल मानबहादुर केसी, सुदुरपश्मिाञ्चल कृष्णकुमार आयर, मुस्लिम सदस्य महोम्मद इशराल कवारी, तराई मधेस सदस्यमा चन्द्रदेव यादव र महेश्वर मण्डल निर्वाचित भएका छन् ।

आईसीसी सदस्यमा विनोदकुमार भट्टराई र हंशराज ढकाल निर्वाचित भएका छन् । 

प्रकाशित : पुस ११, २०७२ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?