कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अष्ट्रेलियामा एक नेपालीको डुबेर मृत्यु

अष्ट्रेलिया — क्रिसमसको छुट्टी मनाउन गएका एक नेपालीको अष्ट्रेलियाको सिड्नीस्थित नोअरामा शनिबार बिहान पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

अष्ट्रेलियामा एक नेपालीको डुबेर मृत्यु


 
चितवन घर भई सिड्नीको हर्ष्टभिलमा बस्दै आएका ४५ वर्षीय पूर्ण बोहोराको निधन भएको हो । क्रिसमसको दिन छुट्टी मनाउन परिवार र केही साथीहरु सहित सिड्नीको नोअरामा गएका उनी कंगारु भ्यालीको तालवा ड्याममा डुब्न पुगेका थिए ।

पानीमा डुबेपछि उद्दारका लागि आएका डाक्टर, प्रहरी तथा स्थानीयवासीले बचाउने पहल गरेपनि सफल भएनन् । प्रवासी नेपाली मञ्चका सदस्य समेत रहेका बोहरा स्थानीय एक होटलको सेफ थिए ।

उनका नजिकका साथी भुवन पाण्डेका अनुसार उनको शवलाई अहिले नोअरास्थित सोलहेभन डिष्ट्रिक अस्पतालमा राखिएको छ ।

अष्ट्रेलियामा अहिले लामो बिदा रहेकाले मंगलबार मात्र उनको शवलाई पोष्टमाटर्म गरि परिवारको जिम्मा लगाइने प्रहरीले जानकारी दिएको पाण्डेले बताए ।

 सामुदायिक कार्यमा सक्रिय रहेका बोहरा करिब ९ वर्षअघि अष्ट्रेलिया आएका थिए । उनको श्रीमती, एक छोरा र छोरी छन् ।

प्रकाशित : पुस १२, २०७२ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?