कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु

सोल — दक्षिण कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । बिहीबार राति इन्च्छनमा कोरियन नागरिकले हाँकेको कारले ठक्कर दिँदा स्याङ्जा मनकामनाका इश्वर गुरुङको मृत्यु भएको हो ।

कोरियामा कारको ठक्करबाट एक नेपालीको मृत्यु



घटना राति ११ बजे भएको सँगै रहेका नेपालीले बताएका छन् । रेस्टुरेन्टबाट खाना खाएर बाहिर निस्किने क्रममा गुरुङलाई पछाडिबाट सोनाटा कारले ठक्कर दिएको थियो ।

घटनापछि प्रहरीले तत्काल अस्पताल पुर्‍याएको भए पनि उपचारकै क्रममा चिकित्सकहरुले गुरुङलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भने कार चालक पक्राउ परेका छन् ।

करिब १५ बर्षअघि कोरिया आएका गुरुङ बौद्ध परिवारका अध्यक्ष हुन् । बुद्ध जयन्तीको अवसर पारेर उनकै नेतृत्वमा आउँदो शनिबार र आइतबार लोटस लाल्टिन फेस्टिभलको र्‍याली आयोजना गर्न लागिएको थियो । विगत केही बर्षदेखि उनकै अगुवाईमा यो र्‍याली हुने गरेको छ ।

गुरुङको शव इन्च्छन पुच्छनको साङमु अस्पतालमा राखिएको छ । उनको श्रीमती र छोरी नेपालमा छन् भने छोरा र दाई कोरियामै छन् ।

प्रकाशित : वैशाख २४, २०७३ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?