१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बेलायती संसद अगाडि बुद्ध जयन्ती मनाइने

लन्डन — बेलायतवासी नेपाली युवाले यहाँको संसद अगाडि बुद्ध जयन्ती मनाउने तयारी गरेका छन् । यही मे २० तारिख साँझ ५.३० देखि ८.३० बजेसम्म पार्लियामेन्ट स्क्वायरमा बुद्ध जयन्ती तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको आयोजकमध्ये एक कपिलवस्तु समाज यूके अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

बेलायती संसद अगाडि बुद्ध जयन्ती मनाइने

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मबारे भ्रम उत्पन्न भइरहँदा उनी नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्व सामु फैलाउन कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

कार्यक्रमका अवसरमा गत वर्ष भूकम्पमा परि आफ्नो अमूल्य जीवन गुमाउने सम्पूर्ण दिवंगतको सम्झना तथा विश्व शान्तिका लागि दीप प्रज्वलन कार्यक्रम पनि राखिएको संयोजक गणेश खड्काले जनाए ।

कार्यक्रमबाट नेपालको पर्यटन प्रवर्धन समेत हुने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा ब्रिटेनको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासहित यहाँका नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी हुने जनाइएको छ । आयोजकले बेलायतबासी समस्त नेपालीलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ ।

प्रकाशित : वैशाख २४, २०७३ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?