कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानमा पनि नेपालको जस्तै पिडा

जापानको भुकम्प प्रभावित क्षेत्रमा नेपालीको अवलोकन
प्रकाश पन्थी

टोकियो — जापानमा दुई महिना अघि गएको ७ दशमलव ३ रेक्टरस्केलको शक्तिशाली भूकम्पबाट प्रभावित क्षेत्र कुमामोतोमा पीडितहरुको समस्या नेपालको जस्तै रहेको छ ।

जापानमा पनि नेपालको जस्तै पिडा

त्यहाँ रहेकाहरुलाई सहायता गर्न गत साता टोकियोबाट गएको नेपाली समुदायको एकटोलीले धनी र सम्पन्न मुलुक भएर पनि पिडा नेपालका भूकम्प पीडितकै जस्तो रहेको बताएका छन् ।

भूकम्प प्रभावित अधिकांश बृद्धहरु भएकाले न बल छ, न त आफन्त नै । छन त केवल टुलुटुलु हेर्नेहरु । उनीहरुलाई खानका लागि मात्रै होइन लगाउने लत्ताकपडा देखी बिछौनासम्मको समस्याले पिरोलिरहेको अवस्था हेरेर फर्किएकाहरुले बताए । यो अवस्था देखेर कुमामोतो सरकारले नेपाली समुदाय सहितलाई सहायताका लागि आग्रह गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्रका अधिकासको घरमा निलो, पहेलो र रातो रङको प्रयोग सुचनाको रुपमा गरिएको छ । घरको छानामाथि निलो रङका त्रिपालहरु प्रयोग गरिएका छन् । जसको अर्थ आफ्नै घरमा जान चाहन्छु भन्ने हुन्छ । भूकम्पले घरहरु भत्किएका छन् । च्यापिएका र पुरिएका सामान तानिरहेकाहरुमा ८०/८५ बर्षका बृद्धहरुमात्र छन् । तान्दा कपडाको एक/एकधर्साहरुमात्र निस्किएको देखेको उनीहरुले बताए ।  

सो क्षेत्रमा गैरआवासिय नेपाली सघंको नेतृत्वमा १० जना टोकियोबाट गएको टोलीले प्रभावित बासिन्दालाई सहयोग गरेको थियो । कुमामोतोको मास्सीकीसहरु भूकम्पबाट प्रमुख प्रभावित क्षेत्र हो । सबैजसो घरहरु भत्कीएका छन् । चर्किएका र भत्किएको घरलाई रातो रङ लगाएर खतरा संकेत दिइएको छ । खतरा छ बस्नु हुदैन भनेर ठूलो सुचना झुण्ड्याइए पनि ९०/९२ बर्षिय बृद्धहरु छेउमा पाल टागेर बसेका छन् । अझैपनि प्रभावित झण्डै ११ सय स्थानीय सोकुरियोउ टेक्नीकल बिद्यालय आसपासमा पाल टागेर बस्न बाध्य छन । उनीहरुमा आफ्ना छोराछोरी र आफन्तको अभाव प्रष्ट देखिएको देख्नेहरुले बताए ।

रातो ज्याकेटमा जापानी भन्दा फरक अनुहार भएका नेपालीटोली देखेपछि ९३ बर्षीय बृद्ध वातानाबे मिच्चीले सोधे को हो तपाईहरु ? किन आउनु भएको हो ? हामी नेपाली हो तपाइहरुलाई सहयोग गर्न आएका हौं भन्दा आखाभरी आसु झार्दै भने नेपालमा के यो भन्दा कम अवस्था थियो र ? जसबाट हामीसमेत स्तब्ध भयौं नेपाली टोलीमा सहभागी व्यवसायी प्रलादसिंह महतले भने । मिच्चीको आखा कमजोर भएकाले लठ्ठीको साहामामा कुर्चिमा बसेका थिए । उनकी पत्नी ९० बर्षीय ओओकाले सुत्नेठाउ साघुरो भएकाले फ्रिज सार्न खोजीरहेका थिए ।

गैरआवासिय नेपाली सघं जापानका अध्यक्ष सुदन थापाले बैशाख १२ मा नेपालमा गएको शक्तिशाली भूकम्पपछि यी र यस्तै बृद्ध तथा साना स्कुले बालबालिका सहितबाट उठाएको सहयोगको कुम्लो बोकेर गोरखा,धादिङ ,सिन्धुली लगायतका जिल्लामा पुग्दा देखेका दृष्यहरु पाएको बताए । सहयोगी कोही छैनन् । दुधे बच्चा र आमाहरु अनि बृद्धहरुमात्र भएपछि कुमामोतो राज्यले खाना र बस्नका लागि अस्थायी पाल टागेर व्यवस्था मिलाएपनि भत्किएका घरहरुमा निलो त्रिपाल मार्फत पुन:आफ्नै घर फर्किन चाहेको बताएका छन् । जसका लागि उनीहरुले सकिनसकि बल प्रयोग गर्दापनि च्यापिएका र पुरिएका सामान निकाल्न सकेका छैनन् ।

गाउमा बृद्धहरुलाई सेवा गर्न भनेर आउने सघंसस्थालाई त्यहाको स्थानीय सरकारले स्विकृती दिएको छैन । उचित व्यवस्था मिलाउन भनेर सहर पसेकाहरु भूकम्प गएको डेढ महिनासम्म घर फर्किएका छैनन् । जसका कारण भूकम्प प्रभावितक्षेत्रका बृद्ध तथा बालबालिकहरु समस्यामा परेको पाइएको टोकियोबाट सहायता गर्न भनेर गएका युवाव्यवसायी सरोजकुमार खत्रीले बताए ।  जापानजस्तो सम्पन्न ठाउमा यो बिचित्रको बिजोग छ । नेपालका भूकम्प पीडितको अवस्था कस्तो होला ? भन्दै उनीहरुले गुनासो गरेका छन । जापान सरकारले भूकम्प प्रभावित क्षेत्रको संरचना हटाउन अझै महिनौं लाग्ने जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७३ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?