कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

निशा र सुनिलको जोडीले टेक्सासका नेपालीलाई चखाए नाटकको स्वाद

शिव शर्मा

टेक्सास (अमेरिका) — चर्चित रंगकर्मी जोडी निशा र सुनिल पोखरेललाई अमेरिकामा प्रवासी नेपाली दर्शकले रुचाएका छन् । उनीहरु एकल प्रस्तुती रहेको नाटक हेर्न आईतबार राती अमेरिकाको टेक्सास राज्यको ड्यालस अर्भीङ आर्ट सेन्टरमा उनीहरु ओइरिए । नेपाल समाज टेक्सास र अन्तराष्ट्रिय साहित्य समाज टेक्सासले आयोजना गरेको कार्यक्रममा यि दुईले दुई घण्टा दर्शकलाई नाटकको रसमा डुबाए ।

 निशा र सुनिलको जोडीले टेक्सासका नेपालीलाई चखाए नाटकको स्वाद

नाटकको प्रारम्भमा निशाले याज्ञसेनीमा प्रकट भइन । महाभारतको कथामा द्रोपदीको भुमिकामा उनले आफनो गहन अभिनय पस्किन् । एकल प्रस्तुती रहेको नाटकमा उनले झन्डै एक घन्टा दर्शकलाई आफुसंग बाँधेर राखिन् । उडिसा भाषाको लोकप्रिय उपन्यासमा आधारित नाटकमा उनले अभिनय गरेकी थिइन् । धेरैले उनको अभिनयको तारिफ गरे ।

‘सबै काम छाडेर नाटक हेरेका समाजका महासचिव सत्यालले पुरै अवधी नाटकमा रमाए । नाटकको विषय र पात्रको अभिनय उत्कृष्ठ लाग्यो’ उनले भने, ‘लामो समयपछि नाटक हेर्ने मौका मिल्यो र उत्तिकै रोचक पनि लाग्यो ।’ कोही विदाको मौका छोपेर त कोही विदा मिलाएर नाटक हेर्न पुगेका थिए । निशाको प्रस्तुती लगत्तै सुनिलले आफनो जीवनमा आधारित प्रस्तुती जीवन नाटकमार्फत दिए । उनले कविता र गजलको प्रस्तुतीसंगै नाटकलाई रसमय बनाए । याज्ञसेनीको निर्देशन सुनिलले गरेका थिए । जीवन नाटकलाई पहिलो पटक छोरा निशांसले गरेका थिए ।

उनले दुबै नाटकको संगीत र प्रकाशको संयोजन पनि गरे । आफनो ब्यस्त समयलाई पन्छाएर नाटक हेर्न आउने सबै प्रवासी नेपालीहरुलाई उनीहरुले स्टेजबाट अभार प्रकट गरे । ‘तपाईहरुको माया देखेर हर्षित भएका छौ’ निशाले भनिन,‘नाटक प्रतिको मोह परदेशी भुमीमा पनि कुनै कमी रहेनछ ।’

युरोपमा महिना दिन नाट्य यात्रा गरेका यी जोडीले अमेरिकाका विभिन्न राज्यमा झन्डै दुई महिना नाटकको प्रस्तुती दिनेछन् । टेक्सासपछि एटलान्टा, फेयरफेक्स, बोस्टन र न्युयोर्कलगायतका राज्यहरुमा नाटक प्रस्तुत हुनेछ । अमेरिकाको यात्रा सकेपछि अन्तिममा शिल्पी थिएटरमा यी नाटकहरु मञ्चन हुनेछन् ।

प्रकाशित : आश्विन १७, २०७३ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?