१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

न्यूयोर्कमा साकेला–उभौलीको रौनक

काठमाडौं — अमेरिकाको न्यूयोर्कमा रहेका किरात राईहरुले उभौली साकेला भव्यरुपले मनाएका छन् । किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरले आयोजना गरेको सुम्निमा सााझको आठौं संस्करणसहित उभौली साकेला उत्सव सम्पन्न गरेका हुन् ।

न्यूयोर्कमा साकेला–उभौलीको रौनक

आदिवासी जनजाति महासंघ, अमेरिकाका अध्यक्ष लुइसाङ वाइबाको प्रमुख आतिथ्य रहेको समारोहमा ढोल र झ्याम्टाको तालमा महिला र पुरुषले नाच (सिली) प्रर्दशन गरेका थिए । दीपप्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।

नेपाल र अमेरिकाको राष्ट्रगान गाएर औपचारिक समारोहमा सुरु भएको थियो । प्रकृतिपूजक किरात राईहरु विभिन्न प्राणीको हाउभाउसहित साकेला सिली प्रदर्शन गरेका थिए । हरेक मंसिरदेखि माघसम्म उधौली र वैशाख–जेठमा उभौली साकेला चाड मनाउने गर्दछन् ।

मनु लोहोरुङको संयोजकत्वमा सम्पन्न सुम्निमा सााझमा किरात राईलगायत नेपालीहरुको भव्य उपस्थिति रहेको थियो । न्यूयोर्क क्वीन्स् अस्टोरियास्थित अडिटोरियम् सेन्ट्रो स्पानोल हलमा नेपाल झल्किने विभिन्न नाचगान प्रदर्शन गरिएको थियो ।

हाल अमेरिकामा रहका कलाकारहरु पबिधन राई, सपनाश्री, बिमल डाागी, राजेन्द्र राई, बसन्ती राई, एञ्जिला राई, तिलक श्रेष्ठ, समन बुढामगर, राहुल र आदित्य ब्याण्डले गीत प्रस्तुत गरेका थिए । किराती चेलीहरुले ‘यो भूमि चुम्ने पहिलो हामी हौं मुलवासी...’ गीतमा नृत्य प्रस्तुत गरेका थिए । सामुहिक साकेला सिली, मालती मगर, मञ्जु राईले एकल नृत्य तथा मगर संघका कलाकारले कौडा नृत्य प्रस्तुत गरेका थिए ।

किरात राई सोसाईटी अफ अमेरिका, न्यूयोर्क च्याप्टरका अध्यक्ष भारती राईको सभापतित्वमा सम्पन्न समारोहमा त्यस अवसरमा संगीतकर्मी पबिधन राई र आदिवासी जनजाति महासंघ अध्यक्ष लुइसाङ वाइबालाई सम्मान गरिएको न्यूयोर्कबाट अग्नि साम्पाङले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित : पुस ११, २०७३ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?