अष्ट्रेलियामा अर्का नेपाली युवाको डुबेर मृत्यु

नारायण खड्का

अष्ट्रेलिया — सिड्नीको कङ्गारु भ्यालीमा बिदा मनाउन गएका एक नेपाली युवाको सोमबार साँझ डुबेर मृत्यु भएको छ । आइतबारमात्रै अर्का एक नेपाली युवाले पनि पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए । क्रिसमसको समयमा बिदा मनाउन परिवार र साथीसहित कंगारु भ्यालीमा रहेको पिकनिक पार्कमा कयाकिङ गर्न गएका सुजन शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

अष्ट्रेलियामा अर्का नेपाली युवाको डुबेर मृत्यु

सिड्नीको कङ्गारु भ्यालीमा बिदा मनाउन गएका एक नेपाली युवाको सोमबार साँझ डुबेर मृत्यु भएको छ । आइतबारमात्रै अर्का एक नेपाली युवाले पनि पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए ।

क्रिसमसको समयमा बिदा मनाउन परिवार र साथीसहित कंगारु भ्यालीमा रहेको पिकनिक पार्कमा कयाकिङ गर्न गएका सुजन शर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । आफ्नी श्रीमती र साथीहरुसँग रमाइलो गरिरहेका उनी पौडी खेल्न गएपछि बाहिर निस्किन सकेनन् । साथीहरुले बचाउने कोसिस गरे पनि उनलाई बचाउन नसकेको उनका भिनाजु रविन सुवेदीले कान्तिपुरलाई जानकारी दिए । मृतकका भिनाजु सुवेदीका अनुसार उद्धारमा आएका स्वास्थ्यकर्मी तथा उद्धारकर्ताले करिब ४ घण्टापछि मात्र उनलाई बाहिर निकालेका थिए । उनलाई घटनास्थलमा नै मृत घोषित गरिएको थियो ।

सन् २०१३ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका उनकी श्रीमती स्थानीय कलेजमा नर्सिङ्ग विषय अध्ययनरत छिन् । काठमाडौ बौद्ध घर भएका २४ वर्षका शर्मा परिवारको एक्लो छोरा भएको सुवेदीले बताए । परिवारको आग्रहमा मृतकको शवलाई अन्तिम संस्कारका लागि नेपाल पठाउने तयारी भइरहेको छ । क्यानबेरास्थित कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले घटनाको बारेमा आफूहरुलाई समेत जानकारी भएको र परिवारलाई आवश्यक सहयोग पुर्‍याउन तयार रहेको बताए ।

सिड्नीकै वाटामोला बीचमा पौडी खेल्ने क्रममा कीर्तिपुरका सुजन अधिकारीले पनि आइतबार ज्यान गुमाएका थिए ।

प्रकाशित : पुस १२, २०७३ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?