कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी समर्थित सञ्चारकर्मीहरुले प्रेस सेन्टर कोरिया गठन गरे

कान्तिपुर संवाददाता

सोल — नेकपा माओवादी समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा पनि शाखा गठन विस्तार गरेको छ । सोलमा आयोजित पहिलो भेलाबाट प्रेस सेन्टर कोरिायको गठन गरिएको हो ।

भेलाले भोज रानाको नेतृत्वमा १२ सदस्यीय कार्यसमितिको सर्वसहमत चयन गरिएको हो । उपाध्यक्षमा पुरुषोत्म गौतम र सचिवमा कृष्ण भट्टराई चयन भएका छन् ।

सेन्टरले कोरियामा चाँडै आफ्नो छुट्टै मिडिया सञ्चालन गर्ने जानकारी समेत गराइएको छ । सेन्टरले कोरियाका सामाजिक समस्यासँग हातेमालो गर्दै मजदुरहरुको पक्षमा कलम चलाउने प्रतिबद्धता अध्यक्ष रानाले गरे ।

भेलामा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, वरिष्ठ उपाध्यक्ष इश्वर कुमार कठायत, महासचिव गोविन्द गौतम लगायत मञ्चका संरक्षक र सल्लाहाकारको उपस्थितिमा सेन्टरको नेतृत्व चयन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७३ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?