समानतामा अस्ट्रेलियाको नयाँ उपाय

नारायण खड्का

अस्ट्रेलिया — विश्व महिला दिवसको अघिल्लो दिन लिङ्ग समानताको उदाहरण दिने उद्देश्यले अस्ट्रेलिया सरकारले नयाँ उपाय निकालेको छ, सडकमा बाटो काट्न प्रयोग हुने चित्रमा महिलाहरुको चित्र राख्ने । अस्ट्रेलियाका सबै सडकमा रहेको ट्राफिक सिग्नलमा बाटो काट्ने स्थानमा पुरुष चित्रको प्रयोग गरिएको छ ।

समानतामा अस्ट्रेलियाको नयाँ उपाय

तर, भिक्टोरिया सरकारले मंगलबारदेखि परिक्षणका रुपमा १० वटा महिला अंकित चित्रलाई बाटो काट्ने संकेतको रुपमा प्रयोग गरेको छ । भिक्टोरिया सरकारले यसलाई अहिले परिक्षणका रुपमा १२ महिनासम्म प्रयोग गर्ने बताएको छ ।

सरकारको यो कार्यले अस्ट्रेलियामा सकारात्मक नकारात्मक दुवै टिप्पणीको सामना गर्नु परिरहेको छ । महिला र पुरुष दुवै बराबरी भएको सन्देश दिने उद्देश्यले यो कार्य गरिएको बताइएको छ । पछिल्लो समयमा अस्ट्रेलियामा महिला र पुरुष समानाताको आवाज उठिरहेको सन्दर्भमा यसै विषयलाई सम्बोधन गर्न समेत यो कदम चालिएको अनुमान गरिएको छ ।

मेलबर्नको मुख्य सडकहरु स्वान्सटन र फिल्नडर्स स्ट्रिटमा राखिएको यो संकेतले महिला पुरुष लिङ्ग समानताको उदाहरण प्रस्तुत गर्ने आशा गरिएको छ । द कमिटी फर मेलबर्न नामक संस्थाले पहल गरेको यो अभियानलाई भिक्टोरियाकी गभर्रनरले समर्थन गरेकी छिन् ।

प्रकाशित : फाल्गुन २४, २०७३ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?