कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा म्याग्दीको आठौं साधारणसभा

कान्तिपुर संवाददाता

काठमाडौं — म्याग्दी प्रवासी नेपाली संघ, कतार (मोना) को आँठौ साधारण सभाले पात्लेखेत–४, म्याग्दीका रमेश पौडेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 कतारमा म्याग्दीको आठौं साधारणसभा

सभाले बरिष्ठ उपाध्यक्ष तिलु शर्मा पौडेल, प्रथम उपाध्यक्ष चित्र बहादुर चोखाल, द्धितीय उपाध्यक्ष मिन बहादुर कार्की, महासचिव राजु पौडेल, सचिव तारा क्षेत्री, सचिब राजेन्द्र भण्डारी, कोषाध्यक्ष रमेश कुमार शर्मा, सहकोषाध्यक्ष मिनबहादुर नेपालीलाई चयन गरेको छ । सदस्यहरु क्रमश: सपना पुन, देबिन्द्र गर्बुजा, बिनोद शेरपुर्जा, रामबहादुर घर्तिमगर, थमकुमार गिरी, रेशम परियार, भुमिस्वर सापकोटा र दिल छत्याल रहेका छन् । ५ जना केन्द्रीय सदस्यलाई कार्यसमितिले मनोनित गर्ने पौडेलले बताए । जसमा बाबुराम भण्डारीलाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसअघि आयोजित उद्घाटन सत्र किरण शाहीको सभापतित्वमा सम्पन्न भएको थियो । मोनाका अन्तराष्ट्रिय क्षेत्रीय सचिब रेशम शाहीले उद्घाटन गर्दे आफ्नो जिल्लाको शैक्षिक, स्वास्थ्य लगायत क्षेत्रमा योगदान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राजेन्द्र भण्डारीको ‘म्याग्दी मोना सिरैमा’ नामक गीति एल्बमको बिमोचन गरिएको थियो । महासचिव तिलु शर्मा पौडेलले सस्थाको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाले ८५ हजार ६ सय ५७ रियाल बराबरको आम्दानी र ७३ हजार १७ रियाल खर्च बिबरणको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो । जसमा १२ हजार ६ सय ४० रियाल बचत छ । त्यसमध्ये आकस्मीक कोषमा ५ हजार २ सय १८ रियाल जम्मा छ । ७ हजार ४ सय २२ रियाल मुख्य धनमा रहेको जनाएको छ ।

मोना कतारका भुतपुर्ब अध्यक्षहरु क्रमश: प्रेम रसाइली, बिक्रम कार्की, नन्दप्रसाद गर्बुजा, र रेशम साहीलाई आजिबन सदस्यता पत्र प्रदान गरिएको थियो । २००३ देखि २०१७ सम्मका सम्पूर्ण गतिबिधि सहित बिभिन्न बिषय समेटेर तयार पारिएको ‘म्याग्दी दर्पण’ पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७३ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?