३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कतारमा महिला दिवस मनाइयो

काठमाडौं — नेपाली महिला समाज, कतारले १०७ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।

कतारमा महिला दिवस मनाइयो

समाजकी अध्यक्ष सुस्मिता भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ब्यबसायी माया केशीले प्रबासमा आएर पनि नेपाली महिला आफ्नो खुट्टामा उभिन सफल भएको बताइन् । ‘हामी देश छाडेर प्रदेशमा आएका छौं । आफ्नो क्षमता अनुसार काम गर्न सफल भइरहेका छौं,’ उनले भनिन्,‘अवसर पाएमा हामी आफ्नै खुट्टामा उभिन सक्छौ भन्ने उदाहरण दिएका छौं ।’

कतारमा झन्डै ५ हजार नेपाली महिला कामदार कार्यरत छन् । जसमा क्लिनर देखि होटल, सुरक्षा गार्ड, प्रशासनिक र उच्च तहमा सम्म कार्यरत रहेका छन् । बक्ताहरुले ती कामदारको सुरक्षा गर्दै महिलाले पाउने अबसरलाई सदपयोग गर्न दुताबासले बिशेष भुमिका निर्बाह गर्नुपर्नेमा जोड दिए । ‘हामी रहरले बिदेश आएको होइन । आफ्ना इच्छा र सपना पुरा गर्न प्रदेशमा आइपुगेका छौं,’ समाजकी अध्यक्ष भुसालले भनिन,‘यो कर्मभुमिमा धेरैले आफ्ना सपना पुरा गर्न सफल भएका छौं ।’

प्रवासी मन्चका अध्यक्ष रामहरि गैरे, जनप्रगतिशिल कतारका रकमध्वज राई, जनसम्पर्क समिति सह–कोषाध्यक्ष सुरज अधिकारी, गैरआबासीय नेपाली संघकी सदस्य सम्झना पुडासैनी, कतार नेपाली एकता समाजका सदस्य सन्जु सुनदास, निवर्तमान अध्यक्ष रेखा राई, रामेछाप दोहा सम्पर्क समाजका सचिव ललित कुमार तामाङ्ग, चर्चित लोक गायिका देवीका के.सी लगायतकाले कार्यस्थलमा पीडित भएका नेपाली महिलाको अधिकार प्राप्तीको लागि दुताबासले कुटनीतिक तवरवाट दरिलो ढंगले भुमिका निर्बा गर्न जोड दिएका थिए ।

कार्यक्रममा सचिव अम्बिका खत्री, प्रथम उपाध्यक्ष अमिना खान, उपाध्यक्ष जानुका बस्नेत (खड्का)ले दक्षिण एसियामा नेपाली महिलाले राजनैतिक अधिकार पाउनेमा अग्रस्थानमा पाएको भन्दै अब त्यसलाई स्थानीय निकायमा पनि कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।
समाजले कतारको स्थानीय पत्रिका गल्फ टाइम्समा कार्यरत पत्रकार उषा वाग्लेलाई दोषल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रकाशित : चैत्र १, २०७३ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?