उद्योगमन्त्री जोशी लन्डनमा

नवीन पोखरेल

काठमाडौं — लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् । सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् ।

उद्योगमन्त्री जोशी लन्डनमा

लन्डन । उद्योगमन्त्री नवीन्द्रराज जोशी शनिबार बिहान लन्डन आइपुगेका छन् ।

सिटी अफ लन्डनका लर्ड मेयर डा. एन्ड्रियू पार्मलीको निमन्त्रणामा उनी बेलायत आएका हुन् । लर्ड मेयर पार्मली जनवरी अन्तिम साता नेपालको चारदिने भ्रमण गएका बेला जोशीलाई बेलायत भ्रमणको निम्तो दिएका थिए ।

मन्त्री जोशी आगामी २२ मार्च बुधबार म्यान्सन हाउसमा आयोजना हुने नेपालमा हाइड्रो लगानी सम्भाव्यतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा विशेष वक्ता हुनेछन् । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिस र डिएफआइडी मन्त्री रोरी स्टेवार्ट समेत वक्ताका रुपमा छन् ।

बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोहअन्तर्गत लन्डन दूतावासमा आयोजना हुने व्यापार तथा लगानीसम्बन्धी अन्तरक्रिया, राजकुमार हयारी सहभागी हुने २० मार्चको समापन समारोह, नेपाली जनसम्पर्क समिति बेलायत र एनआरएनए यूकेको कार्यक्रममा समेत मन्त्री जोशीको सहभागिता रहनेछ । उनले बेलायती राजनीतिज्ञ र उद्योगी व्यवसायीलाई समेत भेट्ने कार्यक्रम छ ।

प्रकाशित : चैत्र ५, २०७३ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?