गैर आवासीय नेपाली एसिया प्रशान्त सम्मेलन सुरु

श्रम समस्याबारे छलफल हुँदै
कृष्ण आचार्य

क्‍वालालम्पुर (मलेसिया) — एसिया प्रशान्त क्षेत्रका गैर आवासीय नेपाली (एनआरएन) हरुको सम्मेलन आइतबारबाट सुरु भएको छ । श्रम समस्या, कल्याणकारी कोष, नेपालमा भूकम्पपछिको पुनर्निर्माण र लगानी भित्र्याउने लगायत विषयमा छलफल गर्ने गरी सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर चीरन्जीवी नेपालले गरेका छन् ।

गैर आवासीय नेपाली एसिया प्रशान्त सम्मेलन सुरु

एसिया प्रशान्त क्षेत्रका गैर आवासीय नेपाली (एनआरएन) हरुको सम्मेलन आइतबारबाट सुरु भएको छ ।

श्रम समस्या, कल्याणकारी कोष, नेपालमा भूकम्पपछिको पुनर्निर्माण र लगानी भित्र्याउने लगायत विषयमा छलफल गर्ने गरी सम्मेलन सुरु भएको हो । सम्मेलनको उद्घाटन परराष्ट्रमन्त्री प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर चीरन्जीवी नेपालले गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री महतले नेपालमा राजनीतिक स्थायित्व कायम भइसकेको र विवादका केही विषय चाँडै अन्त्य हुने जनाउँदै गैर आवासीयहरुलाई नेपालमा लगानी बढाउन आह्वान गरे । 'संविधान कार्यान्वयनका केहL प्रश्नचिन्हहरु बाँकी नै छन् । हामी तीन तहको निर्वाचनमार्फत विjfदका विषयहरु टुग्याउFदै छौ,’ उनले भने, 'संविधानले सबैको अधिकारको सुनिश्चितता गरेको छ । रोजगार हकको ग्यारेन्टी गरेको छ । तर कार्यान्वयन चुनौतीपूर्ण छ । त्यसका लागि तपाईंहरुको सहयोग आवश्यक छ ।’

कार्यक्रममा राष्ट्र बैंक गभर्नर नेपालले संभावना नै संभावनाका क्षेत्रहरु भएको मुलुक नेपाल भएकाले नहिच्किचाई लगानी गर्न अनुरोध गरे । 'हरेक हिसाबले नेपाल लगानीका लागि उपयुक्त मुलुक हो । निजी क्षेत्रका लागि आवश्यक नीति नियम कानुन बनिरहेका छन्,’ उनले भने, 'निर्यातजन्य उद्योग स्थापनाका लागि अवसर नै अवसरहरु छन् । लगानीकर्ताका लागि हामी सहयोग गर्न चाहन्छौं । लगानी बढाउनुस् ।’

सम्मेलनमा नेपाल र वैदेशिक रोजगारीका विभिन्न आधा दर्जन विषयमा छुट्टाछुट्टै सत्रमा छलफलको आयोजना गरिएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष विश्व राईका अनुसार कामदारको कल्याणकारी कामका लागि एक कोष खडा भइसकेको र त्यसलाई थप प्रवर्द्धन गर्नु सम्मेलनको उद्देश्य हो । '४२ हजार रिंगेट (मलेसियन पैसा) जम्मा भइसकेको छ,’ उनले भने । कोषका लागि सहयोगको आह्वान गरेको छ । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका करिब २० राष्ट्रहरुबाट गैर आवासीय नेपालीहरु सहभागी भएका छन् । यस क्षेत्रमा देखिएको श्रम समस्याका विषयमा छलफल चलाइने आयोजक गैर आवासीय नेपाली संघ मलेसियाका उपाध्यक्ष रमेश तिवारीले बताए । उनका अनुसार सम्मेलनमा झण्डै डेढसय गैर आवासीय नेपालीहरु सहभागी भएका छन् । 'नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसिया भएकाले श्रम समस्याबारे सम्मेलनमा बढी छलफल हुने छ,’ उनले भने, 'छलफल पछिको निष्कर्ष हामी सार्वजनिक गर्ने छौं ।’

सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, वर्तमान अध्यक्ष शेष घलेसहित कार्यसमितिका पदाधिकारीहरु सहभागी भएका छन् । वैदेशिक रोजगारी, विद्यमान ऐन कानुनको अवस्था र जानकारीबारे मलेसियास्थित पत्रकार रामचन्द्र गिरीले तयार पारेको मुग्लान मोबाइल एप्लीकेसन समेत सार्वजनिक भएको छ । मन्त्री महतले एप्लीकेसनको सार्वजनिक गरेका हुन् । मुग्लान एप्लीकेसन आफ्नो मोबाईलमा डाउनलोड गरी वैदेशिक रोजगारीबारे सम्पूर्ण जानकारी लिन सकिने पत्रकार गिरीले बताए ।

प्रकाशित : चैत्र ६, २०७३ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?