१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थपलिया स्वीडेनको पर्यटनदूत

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएन) स्वीडेनका संस्थापक अध्यक्ष नविन थपलिया पर्यटनदूत नियुक्त भएका छन् ।

थपलिया स्वीडेनको पर्यटनदूत

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थपलियालाई स्क्यान्डिभिएन देश  स्वीडेनकोलागि मानार्थ पर्यटन दुत नियुक्त गरेको हो । उनी जनसम्पर्क समिति स्वीडेनका सभापति हुन् ।

१७ वर्षदेखि यूरोपलाई कर्मथलो बनाएकार थपलियाले सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने बताएका छन् । ‘पर्यटन दूत नियुक्त भएपछि यूरोपका अन्य प्रतिनिधिहरुसँग पनि छलफल सुरु गरेको छु,’ उनले भने, ‘नेपालको पर्यटन प्रबर्द्धनमा क्षमताले भ्याएसम्म काम गर्छु ।’

थपलियाले नेपालका प्राचीन तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न सके यूरोपबाट उल्लेख्य पर्यटक भित्र्याउन सकिने बताए ।

संखुवासभाको खाँदबारी निवासी थपलियाले स्वीडेनका छापा तथा विद्युतीय सञ्चार माध्यमलाई प्रयोग गरेर प्रबर्द्धनात्मक कार्यहरु सुरु गर्ने जानकारी दिए ।

प्रकाशित : चैत्र ६, २०७३ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?