स्याङजाको छेठौ अधिबेसन कतारमा सम्पन्न

कान्तिपुर संवाददाता

काठमाडौं — स्याङ्जा सेवा समाज, कतारको छेठौ अधिवेशनले धनन्जय लम्सालको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।


शुक्रबार समाजका अध्यक्ष गोप सुनुवारको अध्यक्षतामा सम्पन्न अधिबेसनले  उपाध्यक्षत्रय क्रमश : हेम राना, घनश्याम अर्याल, अजामत अली, सचिव अर्जुन बिक, सहसचिव मोहन काफ्ले, कोषाध्यक्ष सुर्य अर्याल, सहकोषाध्यक्ष प्रकास भट्टराई रहेका छन् ।

सदस्यहरु उत्तम भट्टराई, केशवकुमार न्यौपाने, बन्धु घिमिरे, रत्नबहदाुर थापा, लोकेन्द्र सिग्देल, धनबहादुुर विक, दुर्गा सुनुवार, शेखनजर मिया, पुर्णबहादुर नेपाली, माधव लुईटेल, कल्याण पौडेल, विपुलसिंह सिंजाली, कृष्णबहादुर क्षेत्री, कर्णबहादुर बिक, शेखा बिक, टेकनाथ सुवेदी र बिष्णुप्रसाद पौडेल रहेका छन् ।      

 

प्रकाशित : चैत्र ६, २०७३ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

कमेडियन कपिलले कुटे सहकर्मी

मुम्बई — चर्चित भारतीय कमेडियन कपिल शर्माले आफ्ना सहकर्मी सुनिल ग्रोभरलाई हातपात गरेको समाचार सार्वजनिक भएको छ । ग्रोभर कपिलको शो कमेडी नाइट्स वीथ कपिलमा डाक्टर मसुर गुलाटीको नाममा अभिनय गर्ने गर्छन् ।

अष्ट्रेलियाको सिड्नीमा कार्यक्रम सकाएर भारत फर्किने क्रममा कपिलले एयर ईन्डियाको फ्लाइटमा ग्रोभरमाथि कुटपिट गरेको समाचार सार्वजनिक भएको हो ।

कपिलको नजिकको स्रोतलाई उल्लेख गर्दै टाईम्स अफ ईन्डियाले लेखेको छ–ग्रोभर आफ्नो सिटमा बसिरहेको बखत कपिल शर्माले उनीमाथि हातपात गरेका हुन् ।

समाचारमा जनाइए अनुसार रक्सीले मातेका कपिलले ग्रोभरलाई ‘तँ मेरो नोकर होस्’ भन्दै कुटपिट गरेका हुन् ।

प्रकाशित : चैत्र ६, २०७३ १८:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्