सिड्नीका साहित्यकारको क्यानबेरामा कार्यक्रम

अष्ट्रेलिया — सिड्नीमा रहेर नेपाली साहित्यमा कलम चलाउँदै आएका नेपाली साहित्यकारहरुले अष्ट्रेलियाको राजधानी क्याबेरामा साहित्यिक कार्यक्रम सम्पन्न गरे । अनेसास रिजनल टुर नाम दिइएको उक्त साहित्यिक कार्यक्रममा करिब ५ दर्जन बढीले सिड्नीबाटै सहभागिता जनाएका थिए ।

सिड्नीका साहित्यकारको क्यानबेरामा कार्यक्रम

सिड्नी र क्यानबेरामा रहेका साहित्यकारहरु सम्मिलित कार्यक्रम साहित्यमय बनेको थियो । बालबालिका देखि बृद्धबृद्धासम्म सहभागी बनेका उक्त साहित्यिक कार्यक्रममा आयोजक अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का पदाधिकारीहरुका साथै नेपालबाट आएका पत्रकार ध्रुवहरि अधिकारी, साहित्यकारहरु केदार पोखरेल लगायतको समेत सहभागिता रहेको थियो । नेपाली भाषा, साहित्य र संगीतको जर्गेनामा लागिपरेको समाजको न्यु साउथ वेल्स शाखाले दुई भिन्न राज्यहरुमा रहेका नेपाली साहित्यकारहरुबिचमा जमघट गर्ने र साहित्यिक छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका उपादक्ष्य बिकास उप्रेतीले जानकारी दिए ।

क्यानबेरामा रहेको हिउजेज कम्युनिटी हलमा आयोजना गरिएको कार्यक्रममा क्यानबेरास्थित नेपाली दुतावासका कार्यवाहक राजदुत राजेन्द्र पाण्डे, स्थानीय अगुवा कृष्ण हमाल लगायतले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा कविता, गजल, मुक्तक लगायतका साहित्यिक रचनाहरु बाचन गरिएको थियो । कार्यक्रम अनेसास न्यु साउथ वेल्सकी अध्यक्ष सानु घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेसासको क्यानबेरा शाखा विस्तारका लागि सिद्धिबिनायक अधिकारीलाई संयोजक समेत चुनेको छ ।

प्रकाशित : चैत्र ७, २०७३ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?