कोलोराडोमा ‘नेपाल डे परेड’

न्युयोर्क — नयाँ बर्ष २०७४ को अवसर पारेर कोलोराडोमा आईतबार ‘नेपाल डे परेड’ को आयोजना गरिएको छ । शुभकामना आदान प्रदान सहित आयोजित परेडमा विभिन्न खाले नेपाली भेषभुषा एवम संस्कृतिको प्रस्तुति गरिएको थियो ।

 कोलोराडोमा ‘नेपाल डे परेड’

कार्यक्रममा दर्जनौं कोलोराडोबासी नेपालीहरुको सहभागिता थियो । परेडमा बिशेषत विभिन्न नेपाली संघ संस्था एवम नेपालका शुभचिन्तक अमेरिकीहरुको उत्साहजनक उपस्थिति थियो ।

कोलोराडोको बोल्डर शहरमा आयोजित परेडमा लाखे नाचको प्रस्तुती बिशेष आर्कषण थियो भने सहभागीहरुले नेपाल र अमेरिकाको राष्ट्रिय झण्डासहित ब्यानर बोकेका थिए । रकि माउण्टेन फ्रेन्डस अफ नेपालको आयोजना एवम् हेल्पिग हयान्डको सहयोगमा सञ्चालित परेडमा अवैतानिक दुत एवम लोक गायक प्रेमराजा महत एवम् सो नगरका मेयर सुजेन जोन्स प्रमुख अतिथि थिए ।

परेडको आरम्भमा गायकद्वय महत एवम नरेन्द्र प्यासीले नेपाली राष्ट्रिय गीत गाएका थिए भने बोल्डर नगरकी मेयर जोन्सले नेपाली नयाँ बर्षको शुभकामना दिदैं सबैलाई आफनो नगरमा स्वागत रहेको उल्लेख गरेकी थिईन । स्थानीय खुलामंच बाट शुरु भएको परेडले नगर परिक्रममा गरेको थियो । नेपाली नयाँ बर्षको अवसर पारेर अप्रिल महिनाको तेस्रो आईतबार नेपाल डे परेड को आयोजना गर्न थालिएको हो ।

प्रकाशित : वैशाख ४, २०७४ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?