कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतारमा अनेसास–नबोदितको ६८ औं डबली

काठमाडौं — अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारले ६८ आै‌‌ साहित्य डवली आयोजना गरेको छ । डवलीमा दर्जन भन्दा साहित्य अनुरागीहरुले आआफ्ना राचन प्रस्तुत गरेका थिए ।

कतारमा अनेसास–नबोदितको ६८ औं डबली

अन्तर्राष्ट्रिय नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारले ६८ आै‌‌ साहित्य डवली आयोजना गरेको छ ।

मोरङ सुनसरी सेवा समाजका पुर्व अध्यक्ष टेकनाथ वराल बिशिष्ट श्रोता रहेको डवलीमा गजलकार बसन्त भुजेलको गजलबाट शुरु भएको थियो । माधब भण्डारी, शेखर बस्नेत, इश्वर राई, सुबास सापकोटा, गोबिन्द उदासी, अविनाश सापकोटा, बिन्दा लामा, विजय योजित, भोला आचार्य, सुधामा कृष्ण, बिक्रम चेतनशील राई, इश्वर शाही, सन्तोष अधिकारी, दीपप्रदिप कुमार, यादब रेग्मी, माधब पौडेल, शुभ सन्ध्या, उमेश कालिकोटे, मणि पौडेल, लेख कार्की, श्यामराज रानाभाट, दीलिप पराजुली र सिताराम थापाले गजल सुनाएका थिए ।

बेचन महतो, लिलानाथ घिमिरे, निराजन लुइाटेल र तिर्थ संगम राइले कबिता बाचन गरेका थिए ।अनेसास कतारका अध्यक्ष तिर्थसंगम राई र नबोदित वाचनालयका अध्यक्ष सिताराम थापाले डवलीमा कतारमा कार्यरत सर्जकहरुको लागि रचना प्रस्तुत गर्ने थलोको रुपमा विकसीत हुदै गइरहेको बताए ।

बिशिष्ट श्रोता टेकनाथ वरालले सम्पूर्ण सहभागीलाई नयााबर्षको शुभकामना दिदै दोहाको परिबेशमा यो डबली एउटा नमुना बनेर स्थापित भइरहेको बताए ।

प्रकाशित : वैशाख ४, २०७४ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?